ममता मोक्तानलाई तिन प्रश्न

ममता मोक्तान गजल लेखनमा परिचित नाम हो । ‘वेदना ‘ गजल सङ्ग्रह प्रकाशित उहाँ खमारे, साम्ची भुटानमा जन्मनु भएको हो । मोक्तान हाल ग्लोबल भुट्निजलिट्रेरी अर्गनाइजेस्चन (जी बि एलो ) – को भाइस परेसीडेन्ट पदमा कार्यरत हुनुहुन्छ उहाँसँग लेखन कर्ममाथि जे एन दाहालका तिन प्रश्न:

१. साहित्यका विविध विधा मध्ये गजल किन लेख्नुहुन्छ ? तपाईँका लागी  गजल,कविता या समग्रमा काव्य के हो ?

हजुर, गजल म आफ्नो मनका भावना, पिर, व्यथा र समाजमा घटिरहेका विषयहरू माथि लेख्छु । यसरी शब्दमा उतार्दा आफूले केही कुराहरू गजलमार्फत व्यक्त गर्न सके जस्तो लाग्छ।

मैले कविता चाहिँ सङ्ग्रहका रूपमा प्रकाशन गरेकी त छैन तर कहिले काहीँ फुरेको बेलामा लेख्ने गर्छु। मैले महसुस गरेको कविता सलल पानीझैँ बग्छ , कुनै नियम बिना ।

२.भुटानी समाजमा महिलाहरूको लेखन कुन अवस्थामा देख्नुहुन्छ ? कविताको बाटोले उनीहरूसँग भेटघाट गराउने वातावरण छ या छैन?

हाम्रो समाजका धेरै दिदीबहिनीहरू हिजो पनि लेख्नुहुन्थ्यो । आज पनि लेख्नुहुन्छ र भविष्यमा पनि लेख्नुहुनेछ भन्ने लाग्छ । तर उहाँहरूको आफ्नै पारिवारिक र सामाजिक जिम्मेवारीका कारणले यो लेखन क्षेत्रमा केही ढिला वा सुस्त भइरहेको देख्न सकिन्छ । साहित्यिक कार्यक्रम मार्फत उहाँहरूसँग कहिले काहीँ भेटघाट पनि हुन्छ ।

३. काव्यबाहिर -आख्यानतिर पनि आउने आफ्नो सोच छ /छैन ? छ तपाईँलाई कति समयमा देख्न मिल्छ? छैन भने के कारण हुन सक्ला?

समय र परिस्थिति अनुसार अहिलेको लेखन छोटो मिठो छ। मेरा लागी कविता र गजल जस्ता विधा नै ठिक छ किनकि यहाँ कम शब्दमा धेरै अभिव्यक्त गर्न सकिन्छ । तर भविष्यमा प्रशिक्षण पाए, सिक्ने मौका पाए अवश्य आख्यानका लागी पनि समय मिलाउने छु ।

यो सुनौलो अवसर र प्रश्नहरूको लागी भुट्निज लिट्रेचरका परिवारका लागी धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *