तिन माने ढाडे

 श्याम खनाल
अमेरिका
मेरो उमेर लग् भग् त्यस्तै आठ-नौ वर्षको अन्तरमा थियो वा हुँदो हो! म पाँच-छ वर्षबाटै गोठमा हुर्किँदै आएको पनि थिएँ।तल्ला खर्कमा गोठ थियो।हाम्रामा त्यस साल किन हो कुकुर थिएन।थियो त एउटा निधारमा त्रिसूलको छाप भएको र पासा(खर्केली डुक्पा)डुक्पादाइले उँभो हा तिर गोठ जाँदा दाइलाई उपहार दिएको एउटा बृहतकाय ढाडे बिल्लो। त्यो थियो अरू बिराला भन्दा धेरै भात खाने।यसो हुँदा म र साँल्दाइको एक बुँदे रोहवरमा नाम राखिएको थियो र त्यो हो”तिनमाने ढाडे”बिचरा ऊ तिनमाने मुसा र भ्याकुरा-जस्ता भैँमा बढी हिँड्ने चराहरूको सिकार गर्न भने बढी खप्पिस थियो।यस विषय नपत्याउने कुरा पनि छ।तिन मानेलाई जति नै भोकले सताएता पनि ऊ आइतबार भने”निराहार व्रत”लिने र दिन भरिनै गोठको अगेनो छेउको ठुलो ढुङ्गामा गुँडुल्की मारेर,आकाश तिर जुँगे मुख पारेर निदाउने काम गर्दथ्यो।हाम्रो तल्लो खर्को सिधै पाटो पारिपटि भिरकोफेदिमा ढकाल्साँल्दाइहरूको गोठ थियो र त्यहाँ एउटा पाँडुले कुकुर थियो। त्यसरी नै हाम्रो तल्लो खर्कभन्दा धेरै तलबाट बल्छे खोला पारि पटी बजगाईँ मित दाइहरूको गोठ थियो र त्यहाँ एउटा राते कुकुर थियो।जब बेलुकाको साँझबाट तीपारि पटिका कुकुरहरू भुकेर वारि पारि जङ्गलहरू थर्काएरै धरै जसो रात बिताउने गर्दथे।एक दिन हाम्रा ठुलदाइले बेलुका रातिखेर,ती पारि पटिका कुकुरहरूको भुकाई सुन्दै भन्नु भयो कि -उ! ढकालको आधि सेरे(कुकुर)भुक्यो है! भन्नेसाथ मैले सोधेँ अनि बजगाईँ दाइको नि भन्दा दाइले भन्नु भयो कि! बजगाईँको छ पाथे भनेर।कारण ढकाल दाइहरूको आधासेर घिउ दिएर कुनै डुक्पाबाट लिएको हुँदा”आधिसेरे”बजगाईँको पनि त्यसरी नै कुनै डुक्पाबाट(६)पाथी अन्न दिएर ल्याएको हुँदा छ पाथे।तब मैले भने यदि त्यसो भए हाम्रोमा चाहिँ कुकुर नभएर तिनमाने ढाडे छ हो? भने दाइले अँ!भन्दै निकै मजाले हाँसो पनि चल्यो।अब उता अलिकति छ तिन मानेको कार्यकाल,जब तिन मानेले सोमबार देखि शनिवार सम्म फूलटायम डिउटि गर्थ्यो त्यस बखतमा भने मुसाहरूको प्रभाव शून्यतामा पुगेको हुन्थ्यो।केवल आइतबारको रात भने त्यहाँ चारौँ दिशाबाट मुसाहरू जम्मा भएर चामलका-थैला,मकैका घोगा वा झुत्ता एवं भुस,पिठाको थैला काटेर भनौँ एकै रातमा भुर्कुट पर्ने गर्दथे।त्यो तिन मानेले(१)हप्ता गरेको परिश्रमलाई पनि स्वाहा बनाएको देखिन्थ्यो।यस विषयमा मलाई लाग्छ कि! कारण यस्तो पनि हुँन्थ्योकि! वात ती एकराते मुसाहरू सबै अवैधानिक प्रक्रियाबाट(इलिगल-प्रोसेसले)दुलाहुँदिबाट कोठामा छिरेर सहित उपद्रो मच्चाउने काम गर्दथे!-जुनखेर तिन मानेको कार्यकाल नपरेको हुँदा।तिन मानेले सत्तासमाले पछि ती इलिगल प्रोसेसबाट(लुकुवा दुलोहरूबाट)कोठा भित्र छिर्ने मुसाहरू भने छ्याप छिप्प दुला हुँदिलुक्ने र ज्यान जोगाउने गर्दा रहे छन्।यदि जमिन बाहिर निस्किएता तिन मानेले कडा कार्बाहि गरिहाल्थ्यो।दुला भित्र त तिन मानेको अधिकारले केही प्रभाव पार्न सक्तैन।त्यसर्थ बिचरा तिन मानेले जति नै कडा कार्बाहि अघिसारे पनि ती अवैधानिक मार्ग-दुलाबाट छिर्नेहरूलाई भने तहलाउन नसकेकै महसुस हुन्थ्यो।उता पारि पटिका-आधिसेरे र छ पाथेले भने प्रति रात भुकेर मात्र भए पनि निशाचर-तस्करहरूलाई भगाउन सफल बनेकै हुन्थे।तर ती तस्करहरू भने दुलाबाट वार-वेर गर्न नसकेकाले होलान् र आधिसेरेर छपाथेका कार्बाहिमा पर्नुनै पर्थ्यो।यो तिनमाने ढाडेको कथाले पनि यही आदेश दिन खोज्छ कि?कुनै पनि सफलता हासिल गर्नु छ भने-सानु-पना र मौनतालाई कायम राख्न कोसिस गर्नै पर्ने हुन्छ है त!।यो मेरो”तिनमाने-ढाडे”को कथाले कतिको मिठास दिन्छ पढ्नेले प्रतिक्रिया दिन नभुल्नु होला!।

Leave a Reply

Your email address will not be published. Required fields are marked *