गजल ५५४
धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो , अमेरिका
सपनाहरू जाने रहेछन् आउने रहेछन्
भोगाइले जीवन जिउन सिकाउने रहेछन्
म यस्तो समाजमा बाँचिरहेको छु जहाँ
धेरैले बिगार्ने थोरैले बनाउने रहेछन्
दुख्नेले मलाई दुख्यो भन्न पाएकै छैन
नदुख्ने दुख्यो भनेर चिच्याउने रहेछन्
बुझ्नुस् ! जीवनभर साथ दिन्छु भन्नेले नै
एक छिन मात्र हात समाउने रहेछन्
मूर्खको झुन्डले सज्जनको सङ्गत पाएपछि
फेद बिर्सिएर टुप्पोबाट पलाउने रहेछन्