गजल-१२१
भोक्भोकै मरि’राछन् भोका जनताहरु
एकपछि अर्को फेरि धोका जनताहरु
धोके धेरै नेताको कस्तो होला बानी
हेर्न पनि सक्यौ तिमीले रो’का जनताहरु
चुनाब जितेपछि यिनको बडादशै भा’छ
अष्टमीका बली होइनन् बोका जनताहरु
भ्रष्टहरु ती ता खोल ओडिरा’छन्
फाल्न तयार हुने हो रिसका पोका जनताहरु
शब्द छैन अब म केले व्याख्या गरुँ ?
सबै कुरा शब्दैले दो’का जनताहरु

