गजल-१२७
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा खै के गरी गरी मनकी गोरी नक्कलीले मोहनी पो लगाई त मोरी नक्कलीले अलिकति पर्दा खोली लजाएर अलिकति झ्यालैबाट हेरी मन चोरी नक्कलीले सुसेलीमा डाक्छे कहिले आँखा झिम्क्याउँछे पल्लाघरे साल्दाइकी छोरी नक्कलीले मनको पन्ना सादा थियो खाली थियो मेरो आई माया लगाई नाम कोरी नक्कलीले

