गजल-१४२

विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ
आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ

तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ
यति सपना देखायौ आज एक्लै पार्‍यौ

सागरझैँ गहिरो छ माया भन्थ्यौ
आज मलाई डुबाई अरुलाई नै तार्‍यौ

जहाँ जहाँ जान्छौ संगै हिँड्छु भन्थ्यौ
अनायासै आज हामी हिँड्ने बाटो बार्‍यौ

म बाँच्नुको अर्थ तिमीमा पाउँदै थिएँ
आफ्नै सम्झी मनमा राखेँ मनबाटै झार्‍यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *