गजल – ४२७

हिमशिखर
ओहायो, अमेरिका

कमाउनेले राजमार्गमा पानी बेचेर कमाएको छ
त्यहीँ छेउमा कसैले जवानी बेचेर कमाएको छ।।१

उसको बहीमा दु:ख र उधारो भविष्य लेखियो
अहिले परदेशमा जिन्दगानी बेचेर कमाएको छ।।२

जब देखि उसले मञ्चबाट भाषण ठोक्न थाल्यो
र उसै बेला पुर्खाको निशानी बेचेर कमाएको छ।।३

समाचारमा यस्तो खबर आउन सक्छ भोलि
‘शिखर’ले त आफ्नै कहानी बेचेर कमाएको छ।।४

Leave a Reply

Your email address will not be published. Required fields are marked *