गजल:२४१

भुटानी भै बाँच्न सिकौँ पालिएकै भए पनि
आफ्नोपन नबिर्स है फालिएकै भए पनि।

जहाँ जहाँ गए पनि भुटानी हूँ भन्न सकौँ
भारी बिना खोक्रो तक्का बोकिएकै भए पनि।

मेरो भन्नु के नै छ त्याँ वर्षौं वर्ष बिते पछि
हात चलाई बाँच्न सिकौँ खुट्टा झरी गए पनि।

कस्तो तितो हुँदो रै’छ संझी ल्याउँदा जिन्दगानी
गुदी चहीँ बाँच्नु पर्छ बोक्रो कुही गए पनि।

नहराउ है कता कता कुहिरोको काग सरी
कान सुनेर काम गर आँखा बन्द भए पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *