गजल:२७४
एडीलेड,अस्ट्रेलिया
आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी।
बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य सिसासरी फुट्दा खेरी।
आँखा छोपी रुनुपर्यो आफ्नै घरको धुरी जल्दा नचाहाँदा नचाहाँदै गाउँको याद चुट्दा खेरी।
लैनु गाई कटेरोमा एक्लै गुहार माग्दै थियो घर घेरी पापी ती राईफल भिर्ने जुट्दा खेरी।
खोल्सा खाल्सी खोलीहरु मलाई हेरी रुँदै थिए जन्मभुमिसंगको नाता सदा सदा टुट्दा खेरी।

