गजल: २९९

चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ
जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ।

आकाश धर्ती ठम्याउन जब कठिन पर्यो
मुर्झेका नयन आँशुले...थोरै धोएर हेरेँ।

रातसंगै प्यास बडेर जाँदा एक्लो रातमा
जलन मेट्न आफ्नै मुटु थोरै दोएर हेरेँ।

जब जिउँन यहाँ मुस्किल मुटु धुजा हुँदा 
काँडामाथि पाईला राखी थोरै सोएर हेरेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *