गजल-३००
बोस्टोन, अमेरिका
दिनमा आउन डर भए सपनीमा आए हुन्छ
मुहार मेरो खुलै हुन्छ चप्प म्वाइ खाए हुन्छ।
रहर भए तिमीलाई मनका मिठा बात गर्न
मेरो कानमा ओठ जोडी सुस्तरी गाए हुन्छ।
गाह्रो होला प्रिये..! मध्ये रातमा फर्की जान
आखिर ज्यान तिम्रै हो रात यतै रमाए हुन्छ ।
रेटी सारड्गी प्रीतको धुन मिठो निकाल्नलाई
पर्खी रहनेछु सपनीमा सधैँ यसरी धाए हुन्छ।

