गजल: ३०३

जताततै भेटेँ बाँच्नेहरु…..दिल टुटाएर।
सडकको जिर्ण कथासरी..भाग्य फुटाएर।

यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ
पापी बेईमान नजरैले…..प्रेमी कुटाएर।

दोबाटोमै भेटेँ कति …पीडा सरी रुँनेहरु
हरेक बन्धन धागोसरी ..च्वाट्ट चुटाएर।

छुवाछुतको नारामा..नाँच्नेहरु पनि भेटेँ
जातको खेती गर्दै यहाँ..समाज जुटाएर।

कति देखेँ बाध्यताको झोली बोकी हिँड्नेहरु
प्यासी बजारैमा आफनै.अस्तित्व लुटाएर।

यस्तै देखेँ भेटेँ मैले घुम्दै जाँदा शहरैमा
झापा देखि एडिलेडको यात्रा न’छुटाएर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *