गजल-३१८

पाखण्डीलाई धर्मको दूत कसले बनायो

यो जात ऊ जात छुवाछूत कसले बनायो ?

भगवानको संरचना ध्वस्त  पार्नेहरु हो

कोही सपूत कोही कपूत कसले बनायो ?

गीतासारले भन्छ  सबै प्राणी बराबरी

शोषक शोसित यो कर्तूत कसले बनायो ?

राम आए, कृष्ण आए इतिहासले भन्छ

कुप्रथालाई यस्तो मज्बूत कसले बनायो ?

ए स्वार्थी बिभेदको झण्डा बोक्नेहरु हो

तिमीहरु बस्ने महल अद्भूत कसले बनायो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *