गजल-३३१

भक्त घिमिरेः

आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ
मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ

विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा
खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ

चेतना र विवेक पनि नपुगेको पक्कै होइन
तर फेरि कता कता आफैं चुकीरहेजस्तो लाग्छ

आफूलाई भन्दा धेरै मेरो माया गर्ने उनी
दिलको खोला तरी कतै लुकीरहेजस्तो लाग्छ

एक्लै एक्लै आफैंसँग बोल्न थाल्या छु रे अचेल
मन काट्ने करौंती त्यो कतै ढुकीरहेजस्तो लाग्छ…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *