गजल-३५८

बाल्टिमोर,  अमेरिका

हजार शब्द मिलाइ राख्ने सृजनाको खोयो गजल
काफिया रदिफ मिलाएर कुरा बाँध्ने चोयो गजल।।१।।
सुख शान्ति मात्र भोग्न कहाँ पाइन्छ जिन्दगीमा
जहाँ जहाँ मुटु दुख्यो त्यहाँ त्यहाँ रोयो गजल।।२।।
सबैको मन रिझाउन कसले यहाँ सक्या’ छ र ?
बास गरी ढुकढुकीमा बन्यो सबको कोयो गजल।।३।।
धनी गरीब सम्राट राजा साथै प्रेमका युगल जोडी
सबको मन छुने केवल एउटै साथी हो यो गजल ।।४।।
कथा काव्य निबन्ध र गीत आदिमा मात्र होइन
छिर्यो जो साहित्याकाशमा फेरि उसले छोयो गजल।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *