गजल – ३७५

देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि
के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि।

जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा
बैरी सामु घुँडा टेक्दा, चुक्यो  आफ्नै जन्मभूमि।

तप्प-तप्प  आँशु झारी आकाशलाई हेर्दै सुत्दा
सम्झनाले छाती माँझ,  दुख्यो आफ्नै जन्मभूमि।

बाध्य बनि  पुनर्वासलाई  रोजे  पछि  यो मनले
साँच्चै अब छातीबाट,  पुछ्यो आफ्नै जन्मभूमि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *