गजल-४०७
चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु
कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु।
गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले
रक्त्याम्म हुन सक्छ शरीर सेफ्टीनेस अपनाएर आउनु।
सुनौला पहाडहरू उक्लदा तिम्रो छाती चर्किएर दुख्ला
त्यसैले आउनु अगावै केही प्यानाडोल चबाएर आउनु।
अग्ला भन्ज्याङ तरेर जब तलाउमा पौडँदै हुन्छु म
त्यसै बेला अनौठो कथा लेख्नु छ अङ्ग सजाएर आउनु।

