गजल ५३०
मर्नु सकिनु होइन — रूपान्तरण हो बुझ्नुहोस्
एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस्
थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित हुँदैन
भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस्
यहाँ रोज उदाउँछ रोज अस्ताउँछ एउटा सूर्य
अस्ताउनु अन्त्य नभई प्रकाशको हरण हो बुझ्नुहोस्
फेर्नलाई श्वास फेरेकै छन् खानेले खाएकै छन्
खानु लाउनु जीवन हैन जिउँदो मरण हो बुझ्नुहोस्
अचेल मान्छे स्वतन्त्र कहाँ बाँची रहेको छ ? हेर्नोस् त
सम्झौतामा जिउँछ मर्छ सम्झौता शरण हो बुझ्नुहोस् ।।

