गजल ५४९

अविनाश भट्टराई एक्स्ट्रा
भर्मन्ट, अमेरिका

यो प्रेम नभई नहुने हो, मानवगणका लागि
मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि

मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ
उनको हातमा मेरो मुटु,उदाहरणका लागि

हाम्रो प्रेम आजीवन बनाउने बहानामा
के के गरिएन? यो प्रेम पारायणका लागि

थोरै घमन्ड जरुरी छ, सीमा पार नहोस्
यही हो पतनको कारण रावणका लागि

अरू केही गर्नु पर्दैन, म घाट पुगेको बेला
दुई थोपा आँसु झार्नु,मेरो तर्पणका लागि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *