गजल ५५१

रोहित राना
अमेरिका
भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर
त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर
गर्दै नगरेको दोष लगाउन कहाँ मिल्छ प्रमाण बिना ?
पक्का न्याय पाउने नै छु जरुर कठघरामा उभिएर
थाहा छैन को-कोसँग अझै टाढिनु पर्ने हो मैले  ?
भइसकेका छन् आफन्त दूर कठघरामा उभिएर
गीता छोएरै भन्छु, कसम खाएरै भन्छु निर्दोष छु म
कसरी पो बन्न सक्छु र म क्रूर कठघरामा उभिएर
न्याय मूर्तिहरू पैसामा बिकेपछि कसको के लाग्छ र
तिर्नु परेको छ दस्तुरका दस्तुर  कठघरामा उभिएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *