गजल ५५३
अवि न्यौपाने “अभिषेक”
अमेरिका
म अबि मन पराउँछु तिमी कवि मन पराउँछौ
म रेखाहरू मन पराउँछु तिमी छवि मन पराउँछौ
मलाई थाहा छैन म रवि हो कि कवि हो
म रश्मि मन पराउँछु तिमी रवि मन पराउँछौ
म परिवर्तनको नाममा के के भएँ हेर प्रिये
म माइकल बन्न खोज्छु तिमी बवि मन पराउँछौ
म आफूले आफैँलाई कसरी सम्बोधन गरौँ
म बाबा भनन भन्छु तिमी हवि मन पराउँछौ