गजल ५५७

नारायण ढुङ्गाना 
क्यानाडा
सम्झनुको के अर्थ माया मारे पछि
जिन्दगी  बुझिन्छ  बल्ल हारे पछि
अलिकति  पिडा  सहेकै  राम्रो
कापीमा पेन्सिल बोल्छ तिखारे पछि
अगाडी बढ्ने खाका तयार छ कि छैन?
फर्काउन सकिन्न दूध, दही पारे पछि
बेहुलीले जितिन् कि हारिन् प्रस्टै छत
थर फेरिएको पत्तै पाइनन् शृङ्गारे पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *