गजल ५५९

नारायण ढुङ्गाना 
क्यानडा
हिउँ पगाल्ने नुन पानीमा बिलाउँछ
हो रैछ दिन त सबैको आउँछ
सेकेन्ड चौबिसै घण्टा दौडी रहन्छ
ध्यान मिनेट र घण्टा सुईले पाउँछ
अर्कालाई दुख नदिई बाच्नु भन्छन्
सारङ्गी रुवाएर गाइने पैसा कमाउँछ
घमन्ड के को गर्नु छ र यहाँ
दिन भरीको घाम राती हराउँछ
के डराउनु रातीका भूत प्रेत देखी
जिन्दगीले त दिनदहाडै तर्साउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *