गजल ५४८
हिमशिखर
कोलम्बस, ओहायो
यस्तो हरेक पल होस
पल-पल अब्बल होस
म अब दूर कतै जानेछु
तिम्रो चाहना सफल होस
यात्रामा ठेस लाग्न सक्छ
पाइलै पिच्छे कमल होस
नरुनु तिमी, रोयौ भने पनि
तिम्रो आँसु गङ्गा जल होस
मेरो अरू केही इच्छा छैन
कठिन नहोस् मृत्यु सरल होस् ।