गीत लेखन अन्तरक्रिया सम्पन्न 

यही शुक्रवार र शनिवार अप्रिल १२-१३ तारिख ‘आप्रवासी गीतकार नेपाली सङ्घ अमेरिका’ले अन्तरक्रियात्मक  गीत लेखन पाठशाला सकाएको छ । भर्चुअल माध्यम, जुम मार्फत सञ्चालित दुई दिनको सो अन्तरक्रियात्मक कार्यक्रममा गीत लेखनका विषयमा सम्पन्न भयो  ।
डा. कृष्णहरि बरालले गीत लेखनको क्रममा प्रतिभा, व्युत्पत्ति र अभ्यास जस्ता कुरा लागु हुने बताउनु भयो। गीतकार बरालले गीतको संरचनाका विषयमा  सामान्य चर्चा गरी आफ्नो अनुभव, गीत गेयात्मक हुनुपर्छ भन्नेबारे विचार राख्नु भयो । त्यसपछि उपस्थित दर्शकको प्रस्नोत्तर पनि चल्यो । यसरी पहिलो दिनको एक घण्टे कार्यक्रममा डा. कृष्णहरि बरालले सम्पन्न गरे पछि दोस्रो दिनमा गीतकार ज्ञानेन्द्र गदालको नेतृत्वमा भएको थियो। गदालले उपस्थित सबैको गीत सुन्ने र नव वर्षको शुभकामना आदान-प्रदान गर्ने कुरा पहिलो दिनको कार्यक्रमको अन्त्यमा प्रस्तु गरेका थिए।
आप्रवासी गीतकार नेपाली सङ्घ अमेरिका त्यही सङ्गठनका अध्यक्ष हरि उप्रेतीले सञ्चालन गरेको पहिलो दिनको कार्यक्रममा बैरागी माइलो, पातलो अन्तरे, तिलचन आचार्य, अनु शाह, सुसन माझी दियालो लगायत १३ जना नयाँ तथा पुराना गीतकारहरूको सहभागीता थियो।
यही सालको जनवरी २८ का दिन फेसबुक मार्फत खुल्ला सुचाना प्रदान गरिएको यस पाठशालामा गीत लेखनसँग सम्बन्धित रुचि हुने जो कोहीले सहभागिता लिन सक्ने प्रावधान रहेको छ  । डायोस्पोरीक समाजमा यस्तै अन्तरक्रियात्मक कार्यक्रमले नयाँ गीतकार जन्माउन सक्ने र पुरानालाई पनि गीतका विषयमा थप सैद्धान्तिक , वैचारिक र अनुभूतिजन्य कुरा ज्ञान मिल्ने देखिन्छ ।
अध्यक्ष हरि हरि उप्रेतीका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउने प्रतिबद्धता पनि दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *