दीक्षान्त समारोह सम्पन्न

ग्लोबल एजुकेसन प्रोग्रामले दीक्षान्त समारोह आज जुलाई सत्ताइस तारिखका दिन सम्पन्न गरेको छ। भर्चुअल माध्यम जुमबाट सञ्चालित त्यस कार्यक्रम जी.बि.एल ओका उपाध्यक्ष आभास रिखाम मगरको सभापतित्वमा अघि बढेको थियो । सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्य साथै अन्य अतिथिहरूमा डा.योगेस खाती, डा.नारद पोख्रेल, डी.पी. शर्मा मैनाली हुनुहुन्थ्यो ।

पातलो अन्तरे द्वारा सञ्चालित समारोह शेखर कोइरालाको स्वागत मन्तव्य पछि अघि पढेको थियो । सन् २०२३-२०२४ को शैक्षिक सत्रमा प्रथम दिप्सन नेपाल, दृतिय सौरभ दङ्गाल र तृतीय रेहेना धिताल भएका छन् ।

 

 तस्बिर सौजन्य जे.एन. दाहाल

‘प्रमुख अतिथि सुरेन्द्र लिम्बूले ‘अङ्ग्रेजी चली रहेको जिब्रो नेपाली भाषामा ल्याउनु कम चुनौतीपूर्ण छैन। अर्थपूर्ण काममा समय खर्चनुभएकोमा बधाई ‘ भन्दै मन्तव्य दिनुभयो । उक्त समारोहमा देविका भंक्रातीले ‘अमेरिका बसेका नानी बाबुहरूलाई नेपाली भाषा सिकाउनु फलामको चिउरा चपाउनु जस्तै हो । तर तपाईँहरू सफल हुनुभएकोमा छ’ भन्दै मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।त्यसरी नै डा.योगेस खातीले ‘पहिला भाषा आउँछ त्यसपछि साहित्य ।यही कारण नेपाली भाषाको आवश्यकता छ ‘ भन्ने विचार राख्नु भयो ।

 तस्बिर सौजन्य जे.एन.दाहाल

ग्लोबल एजुकेसन प्रोग्रामको दीक्षान्त कार्यक्रममा अभिभावक, बालबालिका र वक्ताहरू गरी ३३ जनाको उपस्थिति थियो । संस्थाद्वारा शैक्षिक योगदानको मूल्याङ्कन गर्दै  द्रौपदी प्रधान,रिमा श्रेष्ठ, लोकनाथ खनाललाई सम्मान पत्र प्रदान गरिएको थियो। उक्क कार्यक्रममा नेपाल, भारत, नेदरल्याण्ड र अमेरिकाबाट वक्ताहरूको उपस्थिति थियो । विश्व भुटानी साहित्यिक सङ्गठनले (जी.बि.एल.ओ) द्वारा सञ्चालित त्यस अनलाइन कक्षा ५ वर्षदेखि निरन्तर प्रत्येक हप्ता चल्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *