लोनको मान्छे
जे.एन. दाहाल
अमेरिका
‘फलानीको पनि जन्मेछ । र फलानीको पनि !’
नाल नकाढी सर्वाङ्ग नाङ्गै तस्बिर छ बच्चाको सामाजिक सञ्जालमा । तस्बिरकै छेउमा देखाउँछ, एक घण्टाअघि फोटो राखेका रहेछन् तिनका अभिभावकले । ‘आफ्नो चाहिँ ..’ रसाएका आँखा बनाउँदै उनको बोली केही गह्रुङ्गो बन्छ । मन भावनामा बहकिन्छ ।
‘हेर जहान, जसरी मृत्युको कुनै ठेगान हुँदैन । त्यसरी नै जन्मनुको पनि निश्चित समय हुँदैन । दुवै अनिश्चित छन् , भविष्यलाई छाडिदेऊ । सायद भावीले नयाँ घर, नयाँ गाडी र नयाँ मान्छे पो लेख्या छ कि ? कत्ति सुर्ताउँछौ , चिन्ताले कसैको फाइदा गर्दैन । झन्न हुनेले त झन् चिन्ता गर्नुहुँदैन । काम हुन्थ्यो भने पनि हुँदैन, यस विषयमा रिसर्चले त्यही भन्छ ।’
उसको यही भनाइ हुन्थ्यो, प्रत्येकपल्ट उसको यही तर्क रहन्थ्यो । र समय बित्दै जाँदा त्यो घर उज्यालो बन्छ । ऊ र उसकी जहानको अनुहार पनि उज्यालिन्छ । बाल अनुहार हेर्दै दुवैको मनमा सन्तोष पैदा हुन्छ । एकाएक संसारलाई हेर्ने नयाँ दृष्टिकोण प्रवेश गर्छ उनीहरूभित्र । त्यो खुसीयालीको श्रोत सङ्ख्या वृद्धिले ल्याएको हो । त्यस बाहेक खुसीयालीको दोस्रो छैन, उक्त परिवारमा ।
कुनै वैवाहिक/अवैवाहिक जोडी रात या दिनकै कुनै सहवासले गर्भमा एउटा जीव आउँछ, यो अति सामान्य प्रसङ्ग ! यो लेखको सन्दर्भमा–बिलकुल गलत जवाफ ! बिलकुल गलत बुझाइ । बिलकुल गलत दृष्टिकोण । ऊ र उसकी जहानबीच प्रेम थियो । सद्भाव थियो ।करुणा थियो । सम्बन्ध राम्रो थियो । र यस्ता थियो भन्ने सब कुरा थियो । सिवाय एउटा, त्यो बुझिसक्नु भयो !
‘आज फलानीको पनि जन्मेछ । अब त समय बितेन ! खोइ तिमीहरूको ?’
उनको कानमा परेको एउटा कथनले मनमा दुखाइ थप्छ, एकाएक पीडा बल्झिन्छ । दुखाइ बल्झिन्छ । हर कुरा अल्झिन्छ मनमा, बल्झिन्छ घाउ पनि !
‘आफ्नो पालो त खै के खै के ऽऽ’
आफन्त केही पर पुगेपछि उनी चिन्ताको श्वास तान्छिन् र तातो श्वास फाल्छिन् । तर चिन्ता फालिँदैन । झन् नहुनेले त झन् चिन्ता गर्नुहुँदैन । काम हुन्थ्यो भने पनि हुँदैन । स्थिति सम्हाल्न ऊ फेरि जहानलाई उही वाक्य दोहोर्याउँदै सम्झाउँछ । आखिर उसले पनि उनीसँग चिन्ताविहीन घरायसी माहोल बनाउनु छ । अनि मात्र शान्ति छाउँछ । आफूले आफैँलाई पनि त्यही आश्वासनका कुराले यतिका दिनभुलाउँदै आएको छ ।
सन्तान नामको चाहना अति नै भएपछि, अथवा सहवासको प्राप्ति शून्य निस्किएपछि दुई अनुहारहरू निस्कन्छन् घरबाट । सडकको, साइड वकको अनगिन्ती मोटरहरूको ख्याल नगरी पुग्छन्, सोझै डाक्टरको क्लिनिकमा । उनीहरू पुगेको सामान्य क्लिनिक होइन, फर्टिलिटी सेन्टर हो । स्पेसलिस्टको सेन्टर हो ।
यो अन्तिम विकल्प थियो । दुवैलाई लाग्छ, डाक्टरको क्लिनिकले चाहिँ आफ्नो पालो पनि आयो भन्ने बनाउँछ कि ! कम्तीमा ती सोधेरदिक्क लगाउने आफन्तहरूसम्म खबर पनि पुर्याउने माहोल बनाउँछ कि ! कि, कि र कि–हरू छन् सम्भावनाका ।
दुवैको कामना छ, क्लिनिकमा विकास हुन सकोस् – आशा । विकास हुन सकोस् सानो जीव जहाँबाट वैवाहिक जीवनको एकआकाङ्क्षा पूरा हुन्छ । जहाँबाट सन्तोष लिन सकियोस् पारिवारिक माहोलको ! जहाँको उचाइबाट पृथ्वीको गोलाकार देख्न सकियोस् ।
क्लिनिकको काउन्टरमा पुगी उसको रिसेप्सनिस्टसँग कुरा चल्छ । गुनगुन कुरा गराइपछि रिसेप्सनिस्ट बस्न इसारा गर्छिन् , प्रतीक्षालयका खाली कुर्सीमा । पर्खाइको एउटा विशेष घडी क्लिनिकको भित्तातिर आँखा घुमाउँछन् दुवै ।
ह्वाइट बोर्डमा रङ्गिन अक्षरमा मार्करले के–के लेखिएका छन् । ती सब फलानीको र फलानीको सुखका अनुभूतिहरू हुन् । ममत्व भावमा आफ्नै हातले कोरेका अनुभूतिजन्य वर्णन छन् त्यहाँ । उनीहरूकै शब्दमा ती प्रत्येकको मुनि सिग्नेचर पनि गरिएको छ । फर्टिलिटी सेन्टरप्रति दुवैको –ठूलो आशा छ । भरोसा छ । विश्वास छ । र विशेषतः जीवनसँग जोडिएको सपना छ ।
प्रतीक्षालयमा बसेको ऊ छेउतिरकी जहानको अनुहार पढ्छ । भित्ताका वाक्य पढ्दै गर्दा उनको अनुहारमा ममत्वको भाव जाग्दो छ ।एउटी महिलामा ममत्व भन्ने कति विचित्रको वात्सल्य हुँदो रहेछ । ऊ त्यो अनुहारमा प्रत्यक्ष देख्छ । टोलाएर त्यो अनुहारको नौलो भावपढ्छ ।
आज क्लिनिकमा के होला ? काम होला या नहोला ? अन्तर्द्वन्द्वमा छन् दुवै । यो अन्तर्द्वन्द्वको समय कष्टकर क्षण लाग्छ दुवैलाई ।
पालो आएपछि नर्स बोलाउँछिन् भित्र । कोठामा पुगेपछि कुनै डाक्टरसँग दुवैको परिचय हुन्छ । अल्ट्रा साउन्ड गरी उनको चेकअप हुन्छ ।परामर्श हुन्छ । ‘सपना देख्न सक्छौ, सन्तानको । सपना देख्न सक्छौ एउटा नयाँ सपनाको,’ डाक्टरको जवाफले उत्साहित बन्छन् दुवै ।
दुवै एकाएक खुसी बन्छन् । कसिलो अँगालो हाल्छन् आपसमा खुसीको । अचानक यो सपना र उत्साह आइभीएफ डाक्टरले भरेका हुन्आज । जुन कुरा सुन्दा मात्र पनि दुवैको मन सन्तोषले फुरुङ्ग हुन्छ । मिठा कल्पनाहरू उदाउँछन् तिनका मस्तिष्कमा । बादलमा उड्छन्तिनका मन । उज्याला अनुहार बाहिर निस्कन्छन् ।
‘केही महिनामा त आफूहरूलाई पनि अरूले फलानीको पनि भएछ भन्लान् । कानदेखि कानसम्म खबर उड्ला । र त्यहाँबाट संसारभर !’ भित्रबाट निस्कँदै गर्दा ऊ जहानसँग हेर्दै जिस्कन्छ ।
केही छिनमा रिसेप्सनिस्ट भन्छे, ‘इन्सुरेन्सले पूरा साइकल कभर गर्छ जस्तो छैन । ’पूरा साइकल ? ऊ चलाख छ बोल्न । ऊ यतिसम्म बाठी छ, पेसेन्टलाई तर्साउन चाहन्न । पहिला शब्द संयोजन मिलाएर बोल्छे ।कम्प्युटरको किबोर्डमा केही बटन दबाउँदै निहुरिन्छे । आँखा झिमिक्क झिमिक्क पार्दै हेर्छे केही बेर स्क्रिनमा हराउँछे ।
ब्यालेन्स १५ हजार डलर निस्कने रहेछ । कसरी पेमेन्ट गर्ने विचार छ ? ओ ऽऽ रिसेप्सनिस्टको यस कुराले युवा जोडी एकसाथरन्थनिन्छन् । दुवैको उज्यालो अनुहार अँध्यारिन्छ मिनेट भित्रै । भर्खर देखिएका सन्तानको सपनाहरू उड्छन् कतै अन्धकारमा । देखिएकासपना ति छिनभरमै उड्छन् । छिनभरमै हराउँछन् ।
‘भर्खरै लोनमा घर किनेको छ । गाडी पनि जोडियो लोनमै अम् ऽऽ के गरौँ,’ सबैकुरा केलाएर आफ्नो वर्तमान आर्थिक अवस्थासँगदाँज्छन् । कुन खर्च काटेर पैसा निकाल्ने ? कुन हिसाब मिलाएर डलर भित्र्याउने?
केही क्षणअघि झुल्किएको त्यो मिठो कल्पना, केही क्षण अघि उदाएको त्यो सपना ; पाँच सङ्ख्या लम्बाइको नम्बरले होस् उडाइदिएकोछ । अब के गर्ने ? एकाएक दोधारमा पर्छन् दुवै ।
‘लोनको व्यवस्था पनि छ । यहाँ चेक गर्न सक्नुहुन्छ ।’
रिसेप्सनिस्ट एउटा फ्लायर निकालेर पास गर्छे । आँखा खुम्च्याउँदै ऊ समात्छ फ्लायर । तर टाउकामा क्रेडिट कार्डको बिल छ । घरकोलोन छ । गाडीको लोन पनि टाउकामा नै छ । अब लोनको मान्छे ? कल्पना गर्दै युवक हाँस्छ । त्यो हाँसो अनौठो किसिमले ओठबाट निस्कन्छ ।कमाइले धान्दैन, जहानलाई थाह छ । क्षमताभन्दा माथिको कुरा हो ऊ पनि जानकार छ । कत्ति सुर्ताउँछौ, चिन्ताले कसैको फाइदागर्दैन । झन् नहुनेले त झन् चिन्ता गर्नुहुँदैन । ठिक भनेको रछ, बुढोले । कसरी आइभीएफ डाक्टरले सपना देख्न सक्छौ भनेका छन् ।
जसरी भए पनि त्यो खुसीयालीको श्रोत भित्र्याउनु छ । त्यो जीवनलाई आँगन भित्र्याउनुु छ । ढोकाबाट घर भित्र्याउनु छ । जुन वैवाहिकजीवनको सम्बन्धलाई तन्काउन अति नै आवश्यक छ । बोक्नु नै परेपछि टाउकामा रिण बोकौँला । मेहनत गरी तिरौँला । छेउ तिरबाटयुवती ढाडस दिन्छिन् । आपसी सल्लाहमा लोन लिने निष्कर्षमा पुग्छन् !
त्यसपछि नै बीजारोपण हुन्छन्, सपनाका बिरुवाहरू । उत्साहले अनुहारमा उदाएको निराशालाई परास्त पार्छ । उछिट्टिन्छन् प्रश्नहरूलेघेरिएका कालो बादलहरू एकाएक कतै ।
दुवै धाउँछन् फर्टिलिटी सेन्टर । त्यहाँ भनिन्छ- सुरुवाती चरणको ल्याब वर्क गर्नुपर्छ । ब्लड चेकअप गरी दुवैको पारिवारिक जिन कस्तोछ भन्ने हेरिन्छ । त्यसपछि उसको वीर्य अर्थात् सिमेन चेक हुन्छ । उनको महिनावारीको हिसाब पनि गन्न थालिन्छ । क्लिनिककै निर्देशनमा समय समयमा चेक जाँच गर्न बोलाइन्छ । यो दिनबाट बर्त कन्ट्रोल पिल्स सुरु गर्नु । उनलाई नर्सले फोन गरीनिर्देशन दिन्छिन् ।
‘ह्वाट ? टेक बर्थ कन्ट्रोल टु कन्सिभ अ बेबी । ह्वाट अ प्यारडक्स ! ’
एकपल्ट उनी फोनमा दिल खोलेर हाँस्छिन् । यो सुनेर नर्स पनि मैले पनि यसरी सोचेकी रहेनछु, कति स्ट्रेन्ज सुनिएको छ है । दुवै हराउँछन्एउटा अनौपचारिक संवादमा ।
कुन दबाइ कति दिन खाने । विभिन्न प्रकारका सुई कुन कुन समयमा लगाउने । अनि कहिले ल्याब पनि धाउने, कहिले डाक्टरकोचेकअपमा जाने काम सुरु हुन्छ ।आईभीएफ डाक्टर भन्छन्, ‘यो महिनाको यति तारिख एग रिट्रेबल हुन्छ । त्यही समय सिमेन दिन पनि मिल्छ ।’ दर्जनौँ कागज पत्र साइनगराइन्छ कानुनी औपचारिकता पूरा गर्न । क्लिनिकले दिएको सबै जानकारी लिएर दुवै आवश्यकता अनुसार डन भन्छन् ।
त्यो दिन पनि झुल्कन्छ ।
उसको जहानलाई हस्पिटलमा एड्मिट गरिन्छ । एग रिट्रीभ गर्नुअघि सिनेम लान्छौँ । कि डब्बामा सिमेन ल्याएको छ ? छैन, ऊ असहजतरिकाले फर्काउँछ । उसो भए अनसाइट कलेक्ट गर्ने ! नर्सहरू आपसमा आँखा जुधाउँछन् , अर्कोले अर्कोलाई ‘अनसाइट ’ कुरा पासगर्छन् । हातमा एउटा प्लास्टिकको डिब्बा दिएर नर्स बाटो देखाउन तरखर गर्छिन् ।
‘बेस्ट विसेस् ’, ऊ नर्ससँग जानुअघि आफ्नी पत्नीलाई भन्छ । एउटा कोठामा लान्छिन् नर्स उसलाई । ‘काम सकेपछि डब्बाको बिर्कोलगाएर यहाँ राख्नु । हात धोएर कपडा माथिसम्म लगाएपछि यो कल बेल थिच्नु । आवश्यकता परे डिभिडी प्लेयर यहीँ छ । रिमोट यताछ ।’ उसलाई त्यो कुरा सुन्दा बडो असहजता हुन्छ । तर जहानकै यात्राको नौकामा ऊ पनि तैरिनु छ । त्यो नौकामा एकैदिशा बग्न उसलेपनि सपना देखेको छ । त्यसका लागि लाज पचाउनु छ । असहजता लुकाउनुपरेको छ ।
र यसरी बुझाउँछ ऊ आफ्नो वीर्य । केही क्षणअघि आफूमा मात्र सीमित कुरा अब डाक्टर, नर्स र हस्पिटलका स्टाफहरूले देख्ने भए, कस्तो अनौठो अनुभूति प्रवेश गर्छ उसमा । उता उसकी जहानलाई पनि भित्र लगिँदै छ अपरेसन थिएटरमा, एग रिट्रिभ गर्न । बेहोसकोएनेस्थेसीया लगाइ । ऊ आफ्नो मुख्य काम सकी हस्पिटलको प्रतीक्षालयमा बाहिर बसेको छ ।
अधैर्य छ मन, बेचैनी छन् उसका आँखा । बल्ल तल्ल आधा घण्टा बित्छ । डिस्चार्ज दिन्छ उनलाई । दुवै लोनको छानो फर्कन्छन् ।अपरेसनको पीडाले थकित अनुहार लिएर चाँडै सुत्छिन् । ऊ दिनभर पकाउने, पस्कने सफाइ गर्ने यस्तै घरायसी के के कुरामा भुल्छ ।
हस्पिटलको एउटा फोनले बिउँझिन्छन् भोलिपल्ट बिहान दुवै । स्पिकर लगाइ सुन्छन् एक अर्काले उत्तापट्टिका कुरा , ‘दस वटाइम्ब्रायोबनेको छ । आठ वटा जेनीटिकल्ली राम्रो अवस्थामा छन् । नम्बर थोरै यताउता हुन पनि सक्छ । चौबीस घण्टासम्ममा कति वटा राम्रोअवस्थामा रहन्छन् हामी जानकारी गराउँछौँ ।’
०००
यसरी बनेको हो फ्रोजन इम्ब्रायो । होइन यसरी निर्माण भएको हो फ्रोजनमा एउटा जीव । अर्को महिना यही फ्रोजन इम्ब्रायो बायप्सी गरीराखिनेछ ।
उसकी पत्नीलाई फेरि पेट दुख्ने हुन्छ । फेरि महिनावारी हुन्छ । त्यसपछिको दोस्रो साइकलमा क्यालेन्डर बोलाइन्छ, यति तारिखमाहस्पिटल आउनू । अर्थात् एक्काइस दिनपछि गर्भमा बायप्सी गरी राखिन्छ फ्रोजन इम्ब्रायो । कहाँ राखिएको छ इम्ब्रायोलाई, कस्तोअवस्थामा छ, त्यो अल्ट्रासाउन्डको फोटो प्रिन्ट गरी देखाइन्छ । फोटो लिएर फर्कन्छ घर दम्पती । होइन, रित्तो हात गएका उनीहरू गर्भमाजीव बोकेर फर्कन्छन् ।
उनीहरूको अनुहारमा वसन्त याम छाउँछ । र ओठमा सन्तान नामको फूल फुल्छ । देखिरहेको सपना, आउँदै गरेको सपना । यिनै सपनालेयुवा जोडीमा प्रेम प्रगाढ बन्छ । चिन्ता हट्छ, गन्थन हट्छ । आन्तरिक व्यवहार अझ गहिरिँदै जान्छ । सम्बन्ध थप नजिकिएको अनुभूतहुन्छ ।
त्यो एउटा फरक अवधिको अनुभूति बन्छ । एउटा फरक समयको अनुभूति । नियमित प्रक्रिया जस्तो अब तातो चुम्बनले उत्तेजना बढाउँदैनउसलाई । ओछ्यानले मध्यरातमा कुनै किसिमको आवाज निकाल्दैन । स्खलित अघिको आनन्दमा विलीन हुन सक्दैनन् दुवै, केही दिन रकेही हप्ता ।
‘फलानीको पनि र फलानीको पनि ! ’ अब यो उक्तिमध्येको एक फलानीमा म आफू पनि पर्छु । अर्को फलानी अरू कोही होला । उसकीपत्नी आफ्नो परिवार नामको बगैँचा अरूको मुख थुनिने ताल्चा पनि हो भन्ने कुराले मक्ख छिन् ।
बिस्तारै पेट बढ्दै जान्छ । शरीरको वजन बढ्दै जान्छ । उसकी जहानलाई दैनिक कार्यमा असहजताको क्रम पनि बढ्दै जान्छ ।अकस्मात् भित्रबाट खुट्टाको ताल पाएपछि पेटतिर ठ्याम्म हान्दै भन्छिन् उनी , ‘कतिवटा डाक्टर र नर्सहरूले हेरेपछि जन्मने हो –तिमी ।अझै केही दिन बाँकी छ । केही घण्टाहरू बाँकी छन् । कति वडालाई आँ पारी देखाएपछि जन्मने रहेछौ ।’
जहानको त्यस्तो कुरा गराइ सुनेर ऊ जोडले हाँस्छ । उनी आफ्नै कुरा गराइले लजाउँदै हाँस्छिन् । मध्यरातमा दुवै हाँस्छन्, अनि कोल्टेफर्कन्छन् ।
यसरी नवौँ महिना बितेपछि, हस्पिटलमा बच्चा रोएको सुनिन्छ । नर्सहरू कपडामा लपेटी आमाको अङ्गालोमा दिन्छन् । त्यो खुसीले उनीसम्पूर्ण पीडा बिर्सन्छिन् । सम्पूर्ण कष्ट बिर्सन्छिन् तर नाल नकाढी सर्वाङ्ग नाङ्गै तस्बिर हाल्दैनन् सामाजिक सञ्जालमा उनीहरू ।बच्चाको लाज ढाकेर सुन्दर फोटो खिची पठाउँछन् अति नै नजिकका इष्टमित्रलाई । तिनले तिनलाई र तिनले तिनलाई संसारभरिकापरिचितहरूमाझ फिँजिन्छ हल्ला, तिनको पनि भएछ । तिनको पनि बच्चाको फोटो आयो ।
आज उनीहरूको घरमा कत्रो खुसी छाएको छ ! सन्तान नामको खुसी । दुवैको पीडा दूर गराउने खुसी । छटपटी र बेचैनी दूर गराउनेखुसी । अशान्ति उडाउने खुसी ।
‘यसरी चरम सङ्घर्ष र आर्थिक विपत्तिकै बीचमा लोन लिएकाले जन्मिएको हो तिमी,’ त्यो क्लिनिकलाई सम्झँदै, ती डाक्टर र नर्सलाईसम्झँदै चुम्छन् बच्चाको निधारमा पालैपालो दुवै । त्यही समय बच्चाको अनुहारमा हेर्दै उसकी पत्नी भन्छे, ‘हिजो गर्भको एउटा जीव थियौतिमी । आज धर्तीमा जीवन पाएका छौ ।’