माटो अनि म

 

कवि
केशव काफ्ले पेनसिलभेनिया जन्मँदा टेकेको माटो मसंग सम्बन्धित छ कुनै शाषकको अधिकार छैन माटो अनि म युगौँसम्म देशभित्र बाँचिरहन्छौँ यो देश त मेरो पनि हो किन कि देशको सदस्य म पनि हूँ माटो अनि म म अनि माटो युगौँसम्म बाँच्ने बाचा गरेका छौँ म माटोसंग परिचित छु अनि माटो मसंग त्यसैले त हामी एक अर्काका परिपुरक हौँ शाषक खबरदार , हामीलाई छुट्याउने कोशिश नगर् तेरो षड्यान्त्र बुझिसकेँ हामीलाई छुट्याउन न्वारन देखिको बल प्रयोग गर्दै छस्‌ कहिले अमेरिका धाउँदै त कहिले इन्डियाको दिल्लीमा संसारभरका शाषकसंग मित लगाउँदै भो भयो कसरत नगर माटो अनि म सम्बन्धित छौँ म अनि माटो परिपुरक हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *