मेरो दरबार छैन
तिमीलाई सुख दिन मेरो दरबार छैन
सधैंभरि खुशी दिने मेरो घरबार छैन…
मेरो मुटुमा तिमी अँट्न सक्दिनौ
मेरो मनमा तिमी बस्न सक्दिनौ-
सुनको महलमा बस्छ्यौ झुपडी सुहाउँदैन
महल जस्तै ऐस-आराम नीद यहाँ आउँदैन…
तिमीलाई सुख दिन मेरो दरबार छैन
सधैंभरि खुशी दिने मेरो घरबार छैन…।

