सुन्दर मेरो सुरे भुटान
वासु पोख्रेल
ओहायो अमेरिका
पारी शीतल शान्त साम्खरा
वारी गौरवशाली विशाल सुरे
बिचमा मनोहर रमणीय बेतिनि
विचित्रको ग्रामीण दर्पण
त्रैलोक्य निकटताको चट्टान
सुन्दर मेरो सुरे भुटान |
सुरम्य प्रतिमा प्रतिबिम्बित अमलाभिर
द्रुत ज्वार गहन जलधाराको सङ्गम
फराकिलो राजसी नागबेली गोरेटो
परम्पराको उद्गम इलाका
प्राकृतिक क्रिडास्थलको मुहान
सुन्दर मेरो सुरे भुटान |
मनमोहक छायादार अनन्त वनपाखा
फस्टाउँदो निश्चल सहज प्रायद्वीप
रसिलो अदम्य समतल घाँसे मैदान
उर्वरताको उदाहरणीय सीमा भूमि
जैविक विविधताको जग
सुन्दर मेरो सुरे भुटान |
सुन्तला कागती अलैँचीको वितरक
कला साहित्य शिल्पबिज्ञानको सर्जक
स्कुल पाठशाला मन्दिरको प्रवर्तक
आध्यात्मिकताको प्रभावकारी उत्प्रेरक
रीतिरिवाजको सशक्त मार्गदर्शक
सुन्दर मेरो सुरे भुटान |
स्तरित उत्पादक प्राचीन खले गरो
धुन्ध गर्जमान ललित झर्ना
उज्ज्वल पृथक् तटीय टापु
मित्रताको लचिलो नमुना
आकर्षक स्वर्गीय ठाउँ
सुन्दर मेरो सुरे भुटान |