कृयमाणको कार्यक्रम सम्पन्न
हिजो सेप्टेम्बर सात तारिख ह्यारिसबर्ग, पेन्सिलभेनियामा कृयमाण फाउन्डेसनले कथा वाचन प्रतियोगिताको सम्पन्न गरेको छ।मानसिक स्वास्थ्य सँग सम्बन्धित “सङ्गालो: रिडिङ फर रिजिलियन्स” नामक सो कार्यक्रम मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना
अभिवृद्धि गर्ने उद्देश्यले गरिएको थियो।
![]()
प्रतियोगितामा १० देखि २४ वर्ष उमेर समूहका बालबालिकाहरूले विभिन्न स्रष्टाहरूद्वारा रचना गरिएका १६ वटा कथाहरू वाचन
गरेका थिए। जसमा प्रथम स्थानमा आदर्श शर्मा (१०००), दोस्रो स्थानमा कौस्तुभ रिजाल ( ७००), र तेस्रो स्थानमा
कमला चापागाईँले (५००) डलरको पुरस्कार प्राप्त गरे । साथै उपस्थित सहभागीहरूलाई ‘कम्युनिटी लुमीनरी अवार्ड’ पनि
दिइएको थियो।
निर्णायकहरूको भूमिकामा डेन्जोम साम्पाङ, विनीता पुरी राई, नवीन भट्टराई, द्रौपदी प्रधान, धर्मेन्द्र तिम्सिना क्षितिज, र
गङ्गाराम लामीटारे रहेका थिए। कार्यक्रममा निर्णायकले कथा लेखनको पक्ष नहेरी: वाचन शैली, प्रस्तुतीकरण र दर्शकसँगको
सम्बन्धका आधारमा प्रतियोगीहरूको मूल्याङ्कन भएको थियो।
कृयमाणका अध्यक्ष भरत तिम्सिनाद्वारा सभापतित्व गरिएको सो कार्यक्रम पातलो अन्तरेको सञ्चालनमा थियो ।
