कृयमाणको कार्यक्रम सम्पन्न 

हिजो सेप्टेम्बर सात तारिख ह्यारिसबर्ग, पेन्सिलभेनियामा कृयमाण फाउन्डेसनले कथा वाचन प्रतियोगिताको  सम्पन्न गरेको छ।मानसिक स्वास्थ्य सँग सम्बन्धित  “सङ्गालो: रिडिङ फर रिजिलियन्स” नामक सो कार्यक्रम मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना
अभिवृद्धि गर्ने उद्देश्यले गरिएको थियो।

 

 

प्रतियोगितामा १० देखि २४ वर्ष उमेर समूहका बालबालिकाहरूले विभिन्न स्रष्टाहरूद्वारा रचना गरिएका १६ वटा कथाहरू वाचन
गरेका थिए। जसमा प्रथम स्थानमा आदर्श शर्मा (१०००), दोस्रो स्थानमा कौस्तुभ रिजाल ( ७००), र तेस्रो स्थानमा
कमला चापागाईँले (५००) डलरको पुरस्कार प्राप्त गरे । साथै उपस्थित सहभागीहरूलाई ‘कम्युनिटी लुमीनरी अवार्ड’ पनि
दिइएको थियो।

निर्णायकहरूको भूमिकामा डेन्जोम साम्पाङ,  विनीता पुरी राई, नवीन भट्टराई, द्रौपदी प्रधान,   धर्मेन्द्र तिम्सिना क्षितिज, र
गङ्गाराम लामीटारे रहेका थिए। कार्यक्रममा निर्णायकले कथा लेखनको पक्ष नहेरी: वाचन शैली, प्रस्तुतीकरण र दर्शकसँगको
सम्बन्धका आधारमा प्रतियोगीहरूको मूल्याङ्कन भएको थियो।

कृयमाणका अध्यक्ष भरत तिम्सिनाद्वारा सभापतित्व गरिएको सो कार्यक्रम पातलो अन्तरेको सञ्चालनमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *