सम्बन्ध

सुदर्शन पोखरेल
डेनमार्क

यो कस्तो संयोजन शब्दको
शब्द हेर्दा सामान्य छ
अर्थ निकै गहिरो
बन्द शब्दमा
सम् धातु अगाडी
आए पछि
सुरु भएको यात्रा
यसरी बुझौँ
यो एउटा रसायन विज्ञान
जस्तै हो
किनकि
हामी पनि रसायन कै अंश हौ
अनि हाम्रो जीवन पनि
पानीको अस्थित्वमा
दुइटा रसायन
जोडिए झैँ
प्रकृतिमा जीवको र जगतको
जस्तै
अनुकूलतामा अनुकूल हुन्छ
अनि प्रतिकुलमा प्रतिकुल
सम्बन्ध जस्तै
आत्मा र परमात्मा जस्तै
भक्त र भगवान् जस्तै
भौतिकवादमा
विज्ञानको विश्वास जस्तै
सम्बन्धहरू
वियोगान्तमा पनि छ
मृत्युसँग
धोकासँग
कहिले काहीँ
सम्बन्ध हुनुमा फाइदा

कहिले नहुनुमा
उम्लिएको दूधमा
सक्खर जस्तै
त्यो फाटे जस्तै
विष झैँ बनेर सकिन्छ
एउटा रोग जस्तै
पिडादायी हुन्छ
जोर्नीको दुखाई
जब दुई हड्डी बिचको
मासु पग्लिन्छ र सकिन्छ
अनि दुइटा हड्डीको जुधाई
जीवन भर पिडादायी
कति मलमपट्टी गरौँ
जीवन आनन्द हुन
शिखर सम्बन्ध हुन
उम्लिएको दूधमा
जोडन मिलाई दिऊ
दही बन्छ
अमृत बन्छ
बिग्रिएको झैँ देखिए पनि
दहीमा पानी मिसाएर
मदानीमा मथे
घिउ निस्किन्छ
अझ उत्तम
सम्बन्ध जोड्ने
नाजोड़ने
विचार गर्नु पर्छ
अधो गति हुन्छ कि
उँधो
दूधमा सक्खर मिसियो कि
जोडन
त्यसैले कसै सँग सम्बन्ध
जोड्नु भन्दा जोगाउनु छ
बढाउनु भन्दा
बचाउनु छ
भएका सम्बन्ध हरू
आजका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *