रुष्टन रोडमा एक साँझ

भानु ढुङ्गाना
क्यानाडा

हिजो १३ नोभेम्बर २०२५, बिहीबारको साँझ करिब साढे पाँच बज्दै थियो। हिउँदको समय चाँडै साँझ आउने बेला पनि हो।विन्डसोरको रुष्टन रोड बिस्तारै अँध्यारो जालोमा पर्दै थियो। सडक-छेउका बत्तीहरू झिमझिम गर्दै मधुर-प्रकाशमा आउँदै थिए।आकाशमा मादलजस्तै फैलिएको गोधुलीपछिको तुवाँलो देखिन्थ्यो।यतिभित्र वरिपरिका बत्तीहरूको उज्यालो, हल्का चमकझैँ मनमोहक देखिन्थ्यो।
करिब ४५ मिनेट टाढा किङ्सभेलको जागिरबाट म र मेरो भाइ काइँलो रवि घर फर्कँदै थियौँ। बिस्तारै फोरेस्ट ग्लाडतर्फ मोडिँदै गर्दा भाइलाई उसको घर पुर्‍याएँ। घर अगाडि ओर्लिँदै गरेको भाइलाई हेर्दै थिएँ कि बाटो पारीको एक सुन्दर दृश्यले मेरो ध्यान तान्यो। त्यो दृश्य भाइको घरकै आमनेसामने थियो। भन्नुपर्दा साँझ झमक्क परेको थियो।
त्यहाँ एक जना हजुरआमा घरअगाडिको सानो करेसाबारीतिर व्यस्त हुनुहुँदो रहेछ। उनकी सानी नातिनी झट्ट हेर्दा एघार बाह्र वर्षकी जस्ती देखिने, सडक किनारमा झरेका सुक्का पात–पतिङ्गर झाडुले सोर्दै थिइन्। नानीको लगनशीलता देखेर मन यसै तानियो। गाडीभित्रबाट एक किसिमको खुसी हुँदै सोधेँ—
“के गर्दै छ्यौ नानी ?
नानी थोरै लजाउँदै, सानो स्वरमा बोलिन् —
“कसिङ्गर पढेको।”
‘कसिङ्गर–पढेको’ भन्ने वाक्यले मनमा मिठो आभास ल्यायो। म झन् रमाउँदै फेरि सोधेँ—
“के भन्यौ नानी ?”
उनले फेरि झन् लजाएर दोहोर्‍याइन्-
“कसिङ्गर पढेको।” नातिनीले कस्तो उत्तर दिइन् हजुर आमाले सुन्दै हुनुहुन्छ !
त्यतिन्जेल सम्म हजुरआमा हाँस्दै हुनुहुन्छ ।
त्यसपछि हाँस्दै सम्झाइदिनुभयो हजुर आमाले-
“हैन नानी, त्यो ‘सफा गरेको’ हो, ‘कसिङ्गर पढेको’ होइन।”
नानीले बुझे–नबुझे जस्तै गर्दै हजुरआमालाई सोधिन् —
“के त अनि, आमा ?”
हजुरआमाले फेरि मीठो गरी सबै बुझाइदिनुभयो।
त्यसपछि नानीले अलि ढुक्क हुँदै भनिन् —
“सफा गरेको।” मभित्र एक किसिमको खुसीले अगाडि बढायो।मनमनै भन्दै गएँ-ती कलिला हातले सुकेको पत्कर सोरेको देखेँ।उठाएर एउटा काटुन् कागजको धोक्रोमा हालेको देखेर पनि मलाई त्यो सक्रियताले जित्यो। एक छिनमा मैले यति पाएँ आफैँभित्र
त्यसपछि गाडी अघि बढाउँदै म घरतिर लागेँ। तर मन भने त्यही दृश्यमा अडिएको थियो—नानीको त्यो मीठो बाल भाषा, ‘सफा गरेको’ तर ‘सफा पढेको’ बिचको त्यो म एक छिन् हराएको अनुपम मिठास जारीनैछ।
रुष्टन रोडको त्यो साँझ आज पनि मनको एकान्तमा अझै– झल्किन्छ !
जसले घर पुगेसम्म पनि प्रश्न–उत्तरको जिज्ञासा जगाइरह्यो।
सफा पढेको—कति गहन अनि कति सरल, कति सुन्दर !
यहाँ हजुर आमाले गरेको संरक्षण र नातिनीले लिएको लयो।यो मसिनु गरी केलाएर हेर्ने हो भने पढेकै हो, होइन र ? जीवनको पढाई नै हुनुपर्छ।
कुरा यति मात्र हो-आजको दुनियाँसँग दशक देखी हेर्दै आउँदा यो दृश्य अलिक मनमोहक कोमल तुल्य भने पाएकै हो।
करिब झन्डै डेढ दशक यता सर्दर यो उमेर समूहका अधिकांश किशोर किशोरीहरूलाई यसरी बाहिर अभिभावकसँग घरायसी काम गर्न जुटेको विरलै भन्दा विरलै मात्र पाइन्छ। त्यसैले पनि आज विशेष मलाई यही प्रसङ्गले एउटा नयाँ आभास भइरहेको लाग्छ।
जहाँ- कसिङ्गर/पतिङ्गर पढेको भनेपछि खोज्दै छु नव किशोर किशोरीहरूलाई लगनशील श्रमशील कथा सम्झना-सँग सम्झना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *