हार्दिक आभार 

भानु ढुङ्गाना
क्यानडा
कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन
साहित्य परिषद् भुटान शाखा क्यानडा।
साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद् हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी टाढा-टाढाबाट पाल्नु भएका नेपाली मातृभाषाका अनुयायी संरक्षक, संरक्षण-प्रवर्द्धन हेतुका सेतु साहित्यकार मित्रवर्ग-कार्यक्रमका प्रमुख अतिथि एवं सम्पूर्ण तह र तप्काका अतिथि वर्गमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।हजुरहरूको उपस्थितिले दिएको गरिमामय अनुकूल वातावरण सम्झनामा यादगार रहने निश्चित नै भयो।
यहाँहरूको गरिमामय उपस्थितिबाट हामी साँच्चै लाभान्वित हुनुकासाथै गौरवान्वित पनि भएका छौँ। शाखा क्यानडालाई परिषद्को मूल ठाउँबाट पुर्‍याइएको
ऊर्जा र शक्तिप्रति शाखाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। एवंरुपले सहयोगी तथा सहभागी सबैमा हार्दिक धन्यवाद। कार्यक्रम सफल बनाउन हाम्रो भन्दा यहाँहरूको महत्त्वपूर्ण योगदान अविस्मरणीय छ।
उद्घोषणबाट गरिएको समयको सदुपयोग देश काल परिस्थितिलाई सम्बोधन भएको मनन् योग्य छ।
अतिथिगण, सर्जक ,स्रष्टा, कार्यक्रम उजागर मिडिया कर्मी सहभागी सबैको धैर्यता र दक्षताले विन्डसोर सम्मेलन अगस्ट १७/२०२४ अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनमा यहाँहरूबाट खेलिएको महत्त्वपूर्ण भूमिकालाई सदैव धन्यवाद। साहित्यको खुराकीको सबै भन्दा लामो अनुशासित बसाई ९  घण्टासम्मको हाम्रो इतिहासकै पहिलो नमुना र खुसीको कुरा हो ।
यो सफलता सहयोगी मनहरूको सफलता हो।आर्थिक सहयोग उपलब्ध गराई दिने तह र तप्काका मनहरू, व्यक्ति-व्यक्तिबाट जुटेर सबै कुरामा जोड दिएर खट्नु र जुट्नु हुने मन-हरूप्रति हार्दिक आभार गर्दछौँ।व्यापारी मित्रहरू, मनकारी मित्रहरू यहाँहरूको व्यापार फष्टावस्।मनकारीको मनमा प्रसन्नता छाओस्।
यहाँ मलाई लाग्छ- मैले त पढेर हिँडे मात्र, गर्ने कर्म गर्न यहाँहरूबाट पाठ पाएको अनुभूत भएको छ। यहाँहरूका छेउमा मैले  केही गरेको छैन अझै पनि।
क्षमा चाहन्छु कति गल्ती गरियो होला,  अनजानमै कुनै व्यवहारले देखायो होला कि ! साहित्य परिषद् भुटान इतिहासको अनुयायी र भाषा शिक्षा र साहित्य प्रवर्द्धनको सेतु हो,र हुनुपर्छ ।नेपाली भाषी भूटानीको मात्र नभएर विश्वमा रहेका नेपाली समुदायलाई एउटा सूत्रमा आबद्ध गराउँदै गतिशील बनाउन युवा पुस्तालाई नेतृत्व र देशको गुमेको नासो -प्रति जगजाहेर गराउँदै अग्रगमन हुँदै गरेको निर्वासन नेपालमा स्थापना मार्च १७/१९९३ मा स्थापित नेपाली भाषा परिषद् भुटानबाट आज साहित्य परिषद् भुटान भुटानी जनताको एक मात्र प्रतिनिधित्व संस्था हो भन्दै सबै समुपस्थित विद्वान् लब्ध प्रतिष्ठित अग्रज तथा अनुज मित्र वर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
छुटेको कुरा -बालबालिकालाई प्रोत्साहन गरिएन कि !उनीहरूलाई सम्झनु र मनमा लिनुपर्छ भन्ने ठहर हो।
नव युवा लेखक आख्यानकार साथै छन्द साधनारत कविहरूलाई छुटाइयो की भन्ने पनि लाग्छ ! यस सम्मेलनबाट प्राप्त ज्ञान-नेपाली भाषालाई संरक्षण गर्नु नै हो ।
नेपाली भाषी भुटानी र प्रवासी नेपाली सङ्घ संस्थासँग कार्यगत एकता गर्दै नेपाली भाषा संरक्षण गर्नुपर्ने आभास महसुस भयो।
भुटानी अस्तित्व संरक्षणका लागी अग्रजहरूले हुर्किँदै गरेका युवा तथा बालबालिकाहरूलाई पनि समेटेर एउटा वृहत् छलफलको पनि आवश्यक महसुस भयो।
यस पटकको विन्डसोर नेपाली भाषा सम्मेलनमा हामी जसरी जुटिऊँ, यो एउटा हाम्रा लागी उदाहरणीय हो र आगामी दिनहरूमा पनि यसरी नै जुटेर कार्यक्रमलाई सफल बनाउन र समाजलाई दिशानिर्देश गर्न वा समेटिनलाई आफ्ना-आफ्ना बिचारहरूलाई आफैसँग राख्तै अगाडि बढिन्छ भन्ने विश्वास बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *