डायरीमा टोरन्टो सेन्ट्रल

राधा काफ्ले 
क्यनडा
तारिखः अगस्त ४/२०२४, आइतबार
 समय : १० बजी बिहान
स्थान: टोरन्टो सेन्ट्रल क्यनडा
 समयको गति देखि पनि हार लाग्छ आज भोली त।
कति छिटो १० बजे छ। बेलुका मङ्गला दिदीले कल गर्नु भएको रहेछ। बिहान म्यासेज देखेर कल फर्काएँ। दिदी पनि सुती रहनु भएको रहेछ, म पनि यतिकै बेडमै थिएँ। केही दिन देखि नै मन विचलित भई रहेको  छ । झन् हिजो देखी त कता कता भारी भएको छ । हिजो र आज खासै त मेरो छुट्टी थियो, तर सुपरभाइजरले इमेलमा शनिवार भए पनि काममा आऊ क्लाइन्टहरु धेरै भए, कसैको बुक अफ भयो कोही भ्यकेसनमा छन् भने पछि काममा गएँ।
८ बजी देखि काम सुरु गर्नु पर्ने, मलाई भने हिजो अलि चाँडो जाँउ लाग्यो ।७ः४५ मा गाडी भिजिटर पार्किङमा राखेर गेट बेल बजाएँ, तुरुन्त गेट खुल्यो| फटाफट एलिभेटर चढेर तेस्रो तला पुग्दा अपार्टमेन्टको ढोकामा क्लाइन्टको छोराले मलाई पर्खिरहेका थिए । “गुडर्निङ” मैले  भनेँ।उनी आत्तिएका थिए।“आमाको अन्तिम समय भए जस्तो छ। के गर्नु केही थाहा छैन?” रातीको २ बजी देखि बेहोस हुनुभयो। म एक्लै छु।बहिनीलाई बोलाएको म सँग उल्टै रिसाइन्”।म पनि छक्क परेँ । उनका आँखामा आँसु भरिएका थिए। म हतपत भित्र गएँ र आमालाई हेरेँ । आमाको सास एकोहोरो मात्रै रहेछ। महिला (रब)छोरा पटी फर्किएर भने, “म आमालाई मर्निडं पर्सनल केयर दिन्छु | तपाई एक छिन भए पनि आराम गर्नु म बोलाउँछु”। उनले हुन्छ भने र कोठामा पसे ।महिला मन तातो पानी लिएँ, र आमाको अनुहार, शरीर, हात, गोडा सफा गरे र कलेजे रङ्गको टिसर्ट लगाइदिएँ । आमाको मुख स्वबले सफा गरिदिएँ । सायद लामो समय देखि खुला- आँ भएर होला सुकेको थियो।आमाको डाइपर मैला भएछ। अगाडि पटी सफा गरेर तौलीले ढाके अनि छोरालाई बोलाएँ । “तपाईँ आमाको टाउको सम्हाल्नु,म मैला सफा गर्छु र नयाँ डाइपर फेरिदिन्छु” । पर्सनल केयर सकियो, कपाल कोरिदिएँ, सफा कपडा लगाइदिएँ, बेडमा छरपस्ट ओढ्नेहरू र सिरानी मिलाई आमालाई सजिलो तरिकाले सुताइदिएँ अनि छोरा तिर हेरेर “अब तपाई पनि  रेस्ट गर्नु । यदि आमाको अवस्था खराब भयो भने म बोलाउँछु”। छोराले  आँसु पुछ्दै भने “हुन्छ  म एक छिन रेस्ट गर्छु”। महिला आमालाई निहाली  रहेँ । लगभग एक घण्टा देखि आमाको स्थिति अझै कमजोर भयो अनि छोरालाई बोलाएँ। रब कुड यु कम प्लिज ? हर कन्डिसन इस गोइंग डाउन”। रब तुरुन्त आए र आमालाई आफ्नो अँगालोमा राखी  चुम्बन दिँदै रुन लागे।कहिले आमाको टाउको सुम्सुम्यउदै ,कहिले हातहरू मसार्दै रोइरहे। म पनि भित्र भित्रै अतालिइरहेकी थिएँ। आफ्ना इस्ट देवलाई यो आत्माको कल्याण गरिदिनु  प्रभु भन्दै थिएँ मन मनै। “जिसस क्राइस्टको  विश्वास गर्छौ?”  मैले  सोधेँ । उनले गर्छौ भने पछि “जिसको  फोटो छ या केही छ भने आमाको छेउमा राखिदेऊ”। उनी खुसी हुँदै  भित्रबाट गड जिससको फोटो ल्याएर राखे ।म पनि भाव बिहल भएँ । महिला भने “एउटा अन्तिम पिक्चर खिचिदिन्छु आमा छोराको हुन्छ?” रबले फेरि खुसी हुँदै आफ्नो मोबाइल मलाई दिए र मैले भिडियो सहित केही पिक्चरहरु लिदिएँ । त्यस पछि रबले आमाका अतीतका केही तस्बिरहरू मलाई देखाउँदै भने, “मेरी आमा कहिले पनि बिरामी हुनुभएको थिएन।धेरै फुर्तिलो र छिटो हुनुहुन्थ्यो ।उहाँलाई बाले डान्स हेर्न सारै मन पर्थ्यो। पोहोर साल त म पनि आमासँग गएको थिएँ यहाँ टोरन्टोमै भएको थियो”। धेरै देशहरूको भ्रमण गर्नु भएको छ मेरा आमा बाबाले, तर ९६ वर्षको उमेरमा आज ब्रेन टिउमरले लान आँट्यो । बाबा सन् २०१८ मा कन्सरले जानु भयो आज आमा……..भन्दा भन्दै आमालाई हिक्क भयो।मम् इट इस ओके, यु केन लिव, इफ यु … रबले फेरी आमालाई टाउकामा चुम्बन गरे । आमा अलि छटपटाए जस्तो गर्नु भयो।अनि रब र म आमालाई हेरि रह्यौँ ।
आमाले शरीर छोड्ने बेलामा डाइपर  मैला गर्नु भएको रहेछ मैले त्यो  सफा गरिदिएँ र आधा घण्टा पछि म पनि अर्को क्लाइन्ट भेट्न गएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *