त्रिवेणीले मनायो देवकोटाको ११६ औँ जयन्ती
आज अक्टोबर १९ का दिन त्रिवेणी साहित्य मञ्चले केशव वैरागी माइलोको अध्यक्षता लक्ष्मी प्रसाद देवकोटाको ११६ औँ जयन्ती मनायो । अतिथिहरूले देवकोटाको तस्बिरमा माल्यार्पण पछि औपचारिक रूपले कार्यक्रममा सुरुवात भएको थियो ।कार्यक्रममा ओम घिमिरेको स्वागत मन्तव्यपछि त्यही संस्थाका उपाध्यक्ष प्रेम घिमिरेले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।

नारद सुदामा आचार्यले सञ्चालन गरेको देवकोटा जयन्तीमा रातो चौबन्दी र फरियामा बाल कलाकारहरूको सांस्कृतिक नृत्य हेर्न लायक थियो । त्यहाँ अधिकारी कान्छो परमान्दले “सप्रन्न म त” शीर्षकको कविताले नसा सेवनको विषयमा व्यङ्ग प्रस्तुत गरेका थिए । त्यसरी नै दिप्सीका घिमिरे, इन्दिरा प्याकुरेल,अनुसा चापागाईँ, मिना आचार्य, आयुष घिमिरेले पनि कविता वाचन गरेका थिए ।

निश्चल कँडरियाले बाँसुरीको धुन र बाल गायक नव्य शर्माले आफैँ पियानोको धुन बजाएर फुलको आँखामा गीत प्रस्तुत गरिन । हेरिसवर्ग पेन्सिलभेनियामा सम्मपन्न सो कार्यक्रममा गण्डकी पुत्रले भने, “देवकोटा घर व्यवहारलाई मिलाएर अघि लान सक्नु हुँदैनथ्यो तर उहाँ प्रकृतिलाई घण्टौँसम्म हेरी लेख्ने मान्छे हो ।”
हिमालय ताइकण्डोका सञ्चालक नकुल शर्माले साहित्यका लागी कार्यक्रम गर्न स्थल सकेसम्म उपलब्ध गराउन आफू तयार रहेको बताउँदै आफ्नो मनतब्य राखेका थिए । सामूहिक देउसी भैलोपछि त्रिवेणीका अध्यक्षले कार्यक्रमको समापन भएको जानकारी दिएका थिए ।


