धनको महत्त्व

नारदप्रसाद आचार्य ‘सुदामा’
हेरिस्वर्ग, पेन्सिलभेनिया अमेरिका

अपर्झट प्रद्युम्नले भनेका थिए , “मेरो आवश्यक परेमा सम्झनु होला ।”

प्रद्युम्न एउटा सेवा मूलक संस्थानमा कार्यरत थिए। उनी प्रकाण्ड विद्वान पनि । नापेर  बोल्थे । उनको आकाश जस्तै ठुलो मन थियो । उनको  प्रभाव अत्यधिक थियो ।  प्रभात उनका बाल सखा थिए । उनीबाट समय क्रममा  सकेको बेला यथेष्ट सहयोग मिल्यो। उनलाई शीतल छाहरी पनि मिल्यो।  हो, मनको प्राङ्गण खुसीले खुलेको थियो । उनको वसन्त याम जस्तै हरियाली मन । बाल सखाको मिलनमा दुवैले प्रेमालिङ्गन गरेका थिए ।

साक्षात्कार पछि प्रभातले भनेको  पनि थियो , ” अब यतै बस्ने भएर हामी सबै गाउँबाट आयौँ ।”

अत्यन्तमा अभाव खड्किएपछि प्रभातले एकाएक अतीत सम्झिए।  ती वाक्य सम्झिए  । ती पलहरू सम्झिए । प्रद्युम्नका वाचा सम्झिए।  बाध्य भएर फोन गरे प्रभातले तर सम्पर्क हुन सकेन प्रद्युम्नसँग।

मन अमिलो बनाउँदै प्रभातले मनमनै भने, ” छन् गेडी सबै मेरी, छैनन्  गेडी सबै टेढी। उसका शब्दले  जीवन बोक्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *