अक्षरहरूकाे धुवीकरण कवितासंग्रह विमाेचित

गत २० सेप्टेम्बर,२०२० का दिन एक अनलाइन कार्यक्रममार्फत  कवि तुम्बेहाङ् लिम्बुको तेस्रो कविता कृति ‘अक्षरहरूको ध्रुवीकरण’ विमोचित भएको छ । कोरोना महामारीको सङ्कटग्रस्त समयमा भौतिक कार्यक्रम आयोजना गर्न असहज भइरहेको बेलामा अनलाइन कार्यक्रमको माध्यमद्वारा कृत्तिको लोकार्पण गरिएको हो ।
उक्त कृति माथि भक्त घिमिरे, शिवलाल दाहाल र मनप्रसाद सुब्बाले समीक्षात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा समीक्षक भक्त घिमिरेले कवि तुम्बेहाङ्का कविता मार्क्सवादी दृष्टिले लेखिएको उल्लेख गरे । घिमिरेले परिवर्तनका लागि लेखने कविता, तिनको चिन्तन र द्वन्द्वात्मक भौतिकवादका बारेमा गहन चर्चा गरेका थिए भने कवि शिवलाल दाहालले तुम्बेहाङ्का कविताको सन्दर्भ, ऐतिहासिकता र तिनको वैचारिक आयामको परिचर्चा गरेका थिए । कवि मनप्रसाद सुब्बाले, तुम्बेहाङ्का कवितामा किनारीकरण चेतको गहिरो प्रभाव र स्फुरण रहेको उल्लेख गरे । कार्यक्रममा कृतिकार तुम्बेहाङ्ले अनलाइन कार्यक्रमको फरक विशेषता र आयाम रहेको र यसले आफूलाई पृथक् अनुभूति दिएको जनाएका थिए ।
साहित्य परिषद् भूटानले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल, भारत, भूटान , युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट स्रष्टाहरूले उपस्थिति जनाएका थिए । कृति विमोचनसँगै दर्जनै कवि/कवयित्रीहरूले कविता वाचन गरेका थिए ।उक्त कार्यक्रममा साहित्य परिषद् भूटानका अध्यक्ष गङ्गाराम लामिटारे सभापति, कवि मनप्रसाद सुब्बा प्रमुख अतिथि र प्रगतिशील चिन्तक निनु चापागाईँ विशेष अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन र संयोजन कवि रूप पाेख्राेल र कवि सञ्चमान खालिङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *