अतुलका दुई मुक्तकहरू

 दुःखी अतुल
अमेरिका
( १ )
आफू आफैँमा भए समीप के को चिन्ता
बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता
सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ
आफूमा भए केही सीप के को चिन्ता
( २ )
कसैको तिखो वचन ईखमा लिनु भन्दा
जिन्दगीको परिभाषा बिखमा लिनु भन्दा
म मेरै कमाइको साइकल चढ्न तयार छु
कसैको मूल्यवान् कार भिखमा लिनु भन्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *