अनेसास नर्वे च्याप्टर गठन, पहिलो कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नर्वे चयाप्टर गठन भएलगत्तै नर्वेको बोडोमा एउटा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ लक्ष्मी जयन्ती अवसरमा गरिएको उक्त कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै उनको सम्झनामा आफ्ना रचना वाचन गरेका थिए ।

inls-norwayदेवकोटाको तस्बिरमा फूलमाला अर्पण गर्दै राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा खुम ढकाल, देवीचरण चम्लागाईँ र बिष्णुमायाले आ-आफ्ना रचना वाचन गरेका थिए । साथै सुदर्शन पोखरेलले इन्टरनेट मार्फत आफ्नो रचना सुनाएका थिए ।

त्यसै गरी सस्थाका सल्लाहकार डिल्लीराम शर्मा आचार्यले देवकोटाको साहित्यिक यात्रा र देवीचरण चम्लागाईँले देवकोटाको जीवनीबारे प्रकाश पारेका थिए भने अतिथि प्रबल थापाले नव गठित समितिलाई शुभकामना दिएका थिए ।

महसचिव बरुण पौडेलले सञ्चालन गरेको कार्यक्रममा सुदिप क्रान्ति तिवारीले स्वागत गरेका थिए । प्रवासमा नेपाली भाषा साहित्यको प्रवर्द्धनमा अनेसास नर्वे सधैँ सक्रिय रहने अध्यक्ष बिष्णुमाया बिभुले बताइन्।

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले विभुको संयोजकत्वमा गठित तदर्थ समितिको आयोजनामा मंगलवार भएको भेलाले बिष्णुमाया विभुको अध्यक्षतामा उपाध्यक्ष खुम ढकाल, महासचिव बरुण पौडेल, कोषाध्यक्ष सुमन धिमाल र सरिता थापा, दिपक महत, देवीचरण चम्लागाईँ, प्रदिप अधिकारी, दुर्गाप्रसाद न्यौपाने, सुदिप क्रान्ति तिवारी, ऋतु जाङ्ग्रा, बखत छन्त्याल र कृष्ण कुँवर सदस्य रहेको १३ सदस्यीय समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *