अनेसासद्वारा दुई भुटानी सर्जकका कृति पुरस्कृत

अमेरिका, डिसम्बर २०,२०२१ ।  अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पुरस्कार समितिले दुई भूटानी लेखकका कृतिलाई पुरस्कृत गर्ने जनाएको छ ।
पुरस्कृत हुने कृतिमा डा.लक्ष्मी नारायण ढकालको संस्मरणात्मक निबन्ध वासदेखि पुनर्वाससम्म र जे.एन. दाहालको लेखककी छोरी कथासङ्ग्रह परेका छन् । ढकाललाई  प्रधान गरिने अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारको राशिको १२०० डलर रहेको छ भने दाहाललाई प्रधान गरिने अनेसास दिल-लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुरस्कारको राशि ११०० डलर रहेको छ ।
भूटानी सर्जकहरूका कृतिलाई पुरस्कार प्रधान गरिनुलाई भूटानी समाजले निकै चासो र उत्साहका साथ हेरेको छ । लेखक ढकालले यस कार्यले भूटानी नेपाली साहित्य सम्मानित भएको उल्लेख गरेका छन् ।
लेखक डा. लक्ष्मी नारायण ढकाल र जे.एन्. दाहाल दुवै Bhutaneseliterature.com का सम्पादक समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *