अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चको विज्ञप्ति

पुनरबास भए पछिको परिवर्तित अवस्थामा एकातिर होहल्लाका भरमा माहोलमा हाबी हुने र अर्कातिर क्षमता भएका मानिसहरूले संस्थागत जिमेदारी र माहोलगत वफादारिता निर्वाह गर्न नसकेको अवस्थामा एकातिर होहल्लाहरूलाई गुणस्तरतिर उन्मुख गराउने र अर्कातिर संस्थागत जिमेदारी र माहोलगत वफादारितालाई उजागर गराउने मध्यमार्गीय पवित्र लक्ष लिएर अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चको गठन भएको थियो । साहित्यिक मार्गदर्शन र माहोलगत दिशानिर्देशको अपेक्षा गरेको युवापुस्ताबाट प्रतिनिधि तथा संस्थागत माहोल विकासमा पहल गर्ने हेतुले यो मञ्चका रूपमा गठन भएको थियो । यसलाई संस्था भनेर कसैले बुज्नु भयो भने कसैले अपव्याख्या पनि गर्नु भएको हो । सामान्यतय मञ्चहरू निश्चित लक्ष राखेर खोलिन्छन् र लक्ष हासिल भएपछि या त बन्द हुन्छन् या त कुनै ठुलो संस्थाको छाहारीमा गएर समाहित हुन्छन् ।

शिविरमा रहँदा भूटानी साहित्य उत्थान र विकासका निम्ति स्थापित सङ्घ-सङ्गठनहरू पुर्वास सगँ-सँगै केही विचलित वा माहोलमा रहेर काम गर्न नसकेको कुरा त तपाईँ हामी सबैलाई विधितै छ। यसका पछाडि कार्यसमितिमा रहेका सदस्यहरू विभिन्न मुलुकमा पुर्नबास हुनु, नौलो परिवेशमा गाँस,बास र कपासका निम्ति हरेक बाध्यता जस्ता कारणहरू नै मुख्य रहेको पाइन्छ ।

पुनर्वास सगँ-सँगै भूटानी नेपाली साहित्यको माहोल ह्वात्तै बढेको कुरा पनि तपाईँ हामी सबैलाई थाँहा नै छ। यो माहोललाई मर्न नदिन र भूटानी नेपाली साहित्यको सिङ्गो इतिहास बोकेको सस्था..”साहित्य परिषद् भूटान” लाई चीर निन्द्राबाट ब्यूँजाउनका निम्ति नै “अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मन्च” हामी केही जागरूक युवाहरूद्वारा गठन गरिएको कुरा पनि फेरि म स्मरण गराउन चाहन्छु ।

यस मञ्चको स्थापनाका मुख्य ३ उदश्यहरू थिए:-

(१) पुर्नवासपछि मौलाएर आएको माहोललाई मर्न नदिने र व्यवस्थापनमा प्रतिनिधित्व साहित्यको माहोलको विकास गर्ने ।

(२) पुर्नबासपछि विभिन्न मुलुकमा पुर्नबासित भूटानी नेपाली साहित्यकारहरूका गजल सिर्जनाहरू भेला गरी एक एेतिहासिक गजल सङ्ग्रह प्रकाशन गर्ने ।

(३) हाम्रो एेतिहासिक साहित्यक सस्था “साहित्य परिषद् भूटानलाई चीर निन्द्राबाट ब्यूँजाई माहोलको नेतृत्व गर्न लाउने।

आज आएर मुल्यंकन गर्दा माथि उल्लिखित उदश्यहरूमा केही पुर्णरूपमा र केहीमा आंशिकरूपमा सफलता हात पार्न “अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मन्ज” सफल भएको छ भन्दा दुई मत नहोला।

यस मन्चलाई विगठन गर्नु पर्ने कारणहरू:-

(१) “साहित्य परिषद् भूटान” चीर निन्द्राबाट ब्यूँजी माहोल समाल्न थाल्नु र यो भूटानी नेपाली साहित्यको इतिहास बोकेको सस्थालाई नै हामी सबैले परिमार्जित गर्दै गोड़-मेल गरी अगि बढाउनु पर्छ भन्ने कुरामा हाम्रो बिचार मिल्दै जानु ।

(२) हाम्रो सोच अनुसारको संयुक्त कृति प्रकाशन भइसक्नु ।

(३) च्याउ उम्रीएझैं सस्था खोलेर मात्रै साहित्यको विकास हुँदैन भन्ने कुरालाई हाम्रा सबै सदस्यहरूले मनन गरेको अवस्था ।

(४) हामीद्वारा बनाइएका यस मन्चका काम चलाउ अध्यक्षले पनि परिषद्को सदस्यता लिसक्नु भनेको परिषद अब हामीलाई नेतृत्व दिन तयार भएको छ ।

यी सबै कुरालाई मध्यनजर गर्दै आजकै मितिबाट “अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मन्च” औपचारिकरूपमा बिगठन भएको घोषाण गर्दछु। साथ-साथै सबैको जानकारीका निम्ति मन्चको आर्थिक कारोभार पारदर्शिताको साथ सार्विजनक गर्नका निम्ति पनि हाम्रा मान्य काम चलाउ अध्यक्षज्यू सनम्र आग्रह गर्दछु । यदि भुक्तानी गर्न बाँकी रहेछ भने जागरूक युवाहरूको समूहले बाँकी रकम भुक्तानी गर्ने छ र यदि पैसा बचत हुन गएमा साहित्य परिषद भूटानका नाममा अनुदान भरपाई गरिने छ ।

धन्यवाद
राकेश काफ्ले
संस्थापक अध्यक्ष
अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्च

[अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चका संस्थापक अध्यक्षद्वारा प्रेषित यो विज्ञप्ति मञ्चको अौपचारित निर्णयबाट नआएको भनी अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चले आफ्नो फेसबुक पेजमार्फत ध्यानाकर्षण गरेको जानकारी प्राप्त भएको छ। उक्त ध्यानाकर्षणमा राकेश काफ्लेलाई मञ्च विगठन गर्ने कुनै अधिकार नभएको कुरा उल्लेख गरिएकोछ। यहाँ तल मञ्चले जारी गरेको ध्यानाकर्षण एम्बेड गरिएकोछ – सम्पादक, Bhutaneseliterature.com]

Leave a Reply

Your email address will not be published. Required fields are marked *