अमेरिका
मणिराम धिमाल ‘दीपित’
टेक्सास, अमेरिका
छन्द: अनुष्टुप
अमेरिका छ यो कस्तो संसारै भरि चम्किने
जता राम्रो उता आँखा गाडेर मन लोभिने
विश्वका देशमा आफ्नै चलाउँछ उ हैकम
सानो सियो भ ई छिर्छ निस्कन्छ फा लि भैकन । ।
सधैं ठिक्क छ उ हेर गर्न सह्योग तत्पर
गरीब झुपडी देखि अमूक आर्त खातिर
देश विहिनका निम् ति सधैं न्याय दिलाउँछ
अभिभा वक् बनी आँफै मृत्युबाट बचाउँछ । ।
छुट्याउन्न कुनै वर्ण जात धर्म संस्कारमा
सानो ठुलो सबै एउटाै टै छैन भिन्न संसारमा
मान्छेको मर्म मान्छेले बुझ्नु पर्दछ भन्दछ
अरुका हितका निम्ति सधैं तत्पर बन्दछ । ।
मौरीका एकता हेर कस्तो छ रस खोज्नमा
परिश्रमी बनी लागौं देश निर्माण गर्नमा
थोपा थोपा बटुलेरै हेर सागर बन्दछ
काँचो माटो पकाएरै कुमाले शिल्प भर्दछ । ।
न चियो न चर्चा गर्ने बानी राम्रो छ देशको
निफुनौं आफूँले आफैँ नरहोस तुष भूसको
सभ्यता युगको हेरी बाँच्नलाई सिकाउँछ
सम्मान कामको गर्ने नौलो पाठ पढाउँछ ।