अर्कों आई
नील अधिकारी
ओहायो, अमेरिका
सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर
अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर?
एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै
छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर?
फोरे पहाड़ खने बाटो छेके खोला नाला
अर्कै आई राज गर्दा तिम्रो रंगत सुक्दैनर?
वीर हौँ भनी संसार भरि नाम चलेकै बेला
घर छाडी भाग्नु पर्दा इतिहासले तिमीलाई थुक्दैनर ?
मानो खाई मुरी उब्जाउने ताक़त हुँदा हुँदै
अर्कों आई खटाई दिँदा तिम्रो दिल दुख्दैनर?
लेखे कथा बाचे ग़ज़ल गाए थुप्रै गीत
अर्कै आई नाचिदिँदा तिम्रो अभिमान झक्दैनर ?