अष्ट्रेलियामा लक्ष्मी जयन्ति सम्पन्न; आङ्देम्बे सम्मानित
गत ५ नभेम्बर २०१६, शनिवारका दिन क्रिएटिभ सर्कल अष्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
अष्ट्रेलियाको अल्बेरी सहरमा आयोजित कार्यक्रममा नेपालबाट आएका प्रमुख अतिथि साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बे, विशेष अतिथि भूट्निज एसोसिएशन इन अल्बेरीका अध्यक्ष पम्फा भुजेल, भूट्निज एसोसिएशन इन अल्बेरीका संस्थापक अध्यक्ष तथा समाजसेवी आर. के. गुरागाई, साउथ एसिया डट कम डट एयु का सम्पादक राम खत्री, हिन्दु वैदिक सेवा समिति अल्बेरी-हुडुङ्गाका अध्यक्ष हस्त गुरागाई लगायतको उपस्थिति थियो ।
भाषा संरक्षणका लागि नेपाली भाषी भूटानीहरूले अष्ट्रेलियमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बेले भाषा जोगाउन नागरिकता नचाइने बताए ।
आङ्देम्बेले आफू निर्देशित चलचित्र ‘देश खोज्दै जादाँ’ कुनै ब्यवसायिक चलचित्र नभई नेपाली भाषी भूटानीहरूले २० औँ वर्षसम्म शरणार्थी शिविरमा भोगेका शारीरिक दु:ख, पीडा र मानसिक यतनाको दस्ताबेज भएको बताए ।
संयुक्त गजल सङ्ग्रह ‘कंगारूको देशबाट’ माथि बोल्दै आङ्देम्बेले यो सङ्ग्रह केवल भूट्निज-अष्ट्रेलियानको मात्र नभएर सारा विश्वलाई दिएको एउटा कोशेली रहेको पनि उल्लेख गरे ।
यति टाँडाबाट आएर हामी माथि लगाएको गुनप्रति आभार व्यक्त गर्दै आर. के. गुरागाईले साहित्यकार आङ्देम्बेलाई विशेष धन्यवाद दिए ।
यही कार्यक्रको अवसर पारेर आङ्गेम्बेलाई अष्ट्रेलियामा पुनर्वासित भूटानीहरूको तर्फबाट क्रिएटिभ सर्कल अष्ट्रेलियाले भूटानी-नेपाली साहित्यको उत्थान र विकासका निम्ति असङ्ख्य निर्वासित भूटानीहरूलाई नेपाली भाषा,साहित्य र कलाको माध्यमबाट अध्ययन, अध्यापन, लेखन र प्रशिक्षण कार्यमा प्रोत्साहन एवं निर्वासित भूटानीहरूका कथाब्यथामा आधारित ऐतिहासिक चलचित्र ‘देश खोज्दै जादाँ’ दस्ताबेजको रूपमा निर्माण गरी निर्वासित नेपाली भाषी भूटानीका निम्ति पुर्याउँनु भएको अथक र अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको छ ।
सिड्नी, अल्बेरी, हुडुङ्गा र मेलवर्नका स्रष्टाहरू जीतेन्द्र मल्ल, रिमेन आलोक, निरज जोशी, हरि सापकोटा, सुरेन्द्र दबाडी, गणेश गौतम, आलोक कोइराला, माधव अधिकारी, विष्णु धमला, धना ज्योति, केदार सापकोटा, कमल खनाल, रोबट साम्पाङ्ग, लक्ष्मी गुरागाई, कमल खनाल आदिले अनेकौ गजल एमं कविता वाचन गरेका थिए भने स्थानीय कलकारले नित्य र गायन समेत प्रस्तुत गरेका थिए ।
लगभग १५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन दुर्गा रिमालले गरेका थिए ।