आङ्देम्बेका रूबाइयात बजारमा

भूटानी शरणार्थी युवाहरूमाझ लोकप्रिय नेपाली स्रष्टा प्रकाश आङ्देम्बेका रूबाइयात संग्रह ‘प्रकाश आङ्देम्बेका रूबाइयात’ हिजोबाट नेपाली पुस्तक बजारमा आएको छ ।

Angdembe ka ruwaiyatमंगलबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्राध्यापक डा. अभि सुबेदीले आङ्देम्बेका रूबाइयातको सार्वजनिक गरेका थिए । विमोचन कार्यक्रममा बोल्दै डा. सुबेदीले आङ्देम्बेका सबै रचना स्तरीय, मार्मिक र सन्देशमूलक भएका टिपणी गरे ।

“युवा जमातमा मात्रै हैन, प्रकाशका रूबाइयातले सिंगो नेपाली साहित्यलाई एक प्रकारको नयाँ रूप दिएको छ,” उनले भने । लेखक आङ्देम्बेले भने फुसर्दको बेला कोेरेका रचनाहरू फाल्न नसकेर पुस्तकको रूपमा संकलन गरेको तर्क दिएका थिए ।

“हजारौ नेपाली साहित्य लेखककासामु मेरो उपस्थिति कुनै प्रकारको प्रतिनिधित्वमूलक छैन् । मैले यो पुस्तक प्रकाशन गरेर पाठकमाझ जान सायदै उपर्युक्त पनि थिइन होला, तर फाल्न नसकेका रचनाहरू संकलन गर्दा आज यो पुस्तक ख्याल–ख्यालै बजारमा आयो,” आङ्देम्बेले आफ्नो तर्क राखे ।

कार्यक्रममा उनले आफ्ना केहि सुन्दर सृजनाहरू पनि बाचन गरेका थिए ।

पहिचान पखाल्नेलाई नागरिकता
गलत कदम चाल्नेलाई नागरिकता
याम थुलुङहरू शरणार्थी सधै
जङ्गे पिलर ढाल्नेलाई नागरिकता

शरणार्थी शिविरको नजिकै रहेर आङ्देम्बेले दर्जनौ भूटानी युवाहरूलाई साहित्यका विभिन्न विधा सिकाएका छन् ।

पुस्तकमा जम्मा १८० रचना छन् । प्रत्येक रूबाइलाई सुहाउदो अर्थ दिनका लागि भूटानी चित्रकार देवकुमार राईले स्केच उतारेका छन् भने पुस्तकको कभर साहित्यकार उपेन्द्र सुब्बाले तयार पारेका हुन ।

भूटान समाचार सेवाबाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *