आमा

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

दसैँ आयो तिहार आयो धानको बाला झुले आमा ,
चितु चागे मखमली सयपत्री सबैतिर फूले आमा ।

माथिल्लो घरमा खसी काटे हाम्रो छैन आमा ,
सबै जना खान थाले हाम्रो घरमा छैन आमा ।

सबै लाउँछन् नयाँ नयाँ लुगा हाम्रो खोइ त आमा?
मामाघर टिका लाउन हामी कहिले जाने आमा ।

मामा घर जाँदा हात खाली कसरी जाने आमा?
कोसेली विना टिका लाउन कसरी जाने आमा ।

छोरा छोरी रुन थाले कसर कहिले बाट्ने आमा ?
टिका लाउँदा दिने पैसा हामी कहिले साट्ने आमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *