इन्साफ
नविन भट्टराई
पेन्सिल्भिन्या, अमेरिका
बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, तर चीलले त्यो हार बर्दास्त गर्न सकेन।
उसले ढुकुरका सपरिवारमाथि गुण्डागर्दी र लुटपाट विरुद्ध भनी स्थानीय अड्डामा मुद्दा दायर गर्यो।
प्रवासी मौर्निंग परिवार यस्तो स्थितिबाट कहिले पनि गुज्रिएको थिएन; उक्त जङ्गल राज्यको कानुन उनीहरूका लागि नयाँ थियो र त्यो जङ्गल उनीहरूका लागि बिरानो। प्रत्यक्ष रूपमा उनीहरूको पक्ष लिएर बोल्ने शुभचिन्तक पाउनु दुर्लव भयो ।
आफ्नै जातिको कानुन उनीहरूलाई अभिश्राप भयो र यसले उनीहरूलाई झन् दरिद्र र दुर्बल बनाउँदै गयो। तल्लो अदालत देखि मुद्दा चल्दै माथिल्लो तलाको सर्वोच्च अदालतसम्म पुग्यो। बिस्तारै इजलास इस्थानियमा सीमित नभई यसले जंगलब्यापि रूप लियो, सञ्चार माध्यमहरू सामेल भए, विभिन्न विद्वानहरूले यस मुद्दालाई आ-आफ्नो तरिकाले विश्लेषण गरे। निरीह र निर्बल ढुकुरहरू सकेसम्म न्यायका लागी लडिनै रहे। धेरै बहसपछि सांसदबाट विशेष निवेदन राष्ट्रपति समक्ष पेस गरियो। भोलिपल्ट राष्ट्रिय दैनिकका मुख्य पृष्ठमा छापियो: “सबै प्रवासी पंक्षीहरुलाई निर्वासित गरिने न्यायालयको निर्णय। …