एक फट्को

जलन भण्डारी
अस्ट्रेलिया

बिहानीको झुल्के घाममा होस्
या बेलुकीको गोधूलीमा ,
मध्यान्हको चर्को घाममा होस्
या पूर्णिमाको टहलटहल जुनमा ,
लम्पसार सेतो बगर हिँड्न
थर्थराउने कोमल हृदय ,
कसरी आमाको न्यानो काख छोडेर
हिमालय पर्वत माथिमाथि
हावा रुपी भएर ,
तेस्रो मुलुकको यात्रामा  रमायो ?

पाखा पधेँरा र गोरेटामा
रमाउने यो मन मस्तिष्क
एक्कासी पचास वर्षको
समयलाई मुठीमा राखेर
केवल एक फट्कोमा
ब्रह्म
को सृष्टि नाघिएछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *