ऑंट
मधु घिमिरे
अमेरिका
ऑंट हो जिन्दगी बॉंच्नमा हौसिने
ऑंट हो गॉंसमा बासमा उम्रिने
ऑंट हो जीतको प्रीतको बाबरी
ऑंट हो रोगको दर्विलो ओखती
ऑंट हो उफ्रिने लम्किने गम्किने
ऑंट हो तन्किने मर्किने तम्सिने
ऑंट हो शैलको पाउमा चम्किने
ऑंट हो दु:खमा दर्दमा फक्रिने
ऑंट हो पोखरी बीचमा पौडिने
ऑँट हो शीतको मार्गमा दौडिने
ऑँट हो वृक्षमा मस्किदै हल्लिने
ऑँट हो चन्द्रमा पुग्नमा रौसिने
ऑँट हो कर्मको कल्पना सम्झना
आँट हो योगमा दैनिकी साधना
ऑँट हो भोकमा शोकमा प्रेरणा
ऑँट हो विश्वमा शान्तिको सिर्जना
ऑँट हो चित्तमा भावना कञ्चन
ऑँट हो माथमा प्रार्थना मञ्चन
ऑंट हो देहमा शक्तिको कागती
ऑँट को होस् अझै सर्वदा उन्नति
स्रग्विणी छन्द